Kathmandu Press

वर्षाले डोटीका दर्जन सडक अवरुद्ध

सिलगढी, असार २६ : केही दिनयतादेखि भइरहेको लगातारको वर्षाले यहाँका ग्रामीण क्षेत्रका सडक अवरुद्ध भएका छन्।वर्षाले ठाउँ–ठाउँमा पहिरो तथा सडक हिलाम्य भएपछि ग्रामीण...
वर्षाले डोटीका दर्जन सडक अवरुद्ध

सिलगढी, असार २६ : केही दिनयतादेखि भइरहेको लगातारको वर्षाले यहाँका ग्रामीण क्षेत्रका सडक अवरुद्ध भएका छन्।

वर्षाले ठाउँ–ठाउँमा पहिरो तथा सडक हिलाम्य भएपछि ग्रामीण क्षेत्रमा सवारीसाधन सञ्चालन हुन छाडेका छन्। वर्षाले यहाँका ग्रामीण सडक भत्किएका तथा बिग्रिएका कारण सञ्चालन गर्न समस्या भइरहेको शैलेश्वरी यातायात प्रालिका प्रमुख प्रेमबहादुर रावलले बताए।

सडक डिभिजन कार्यालय दिपायल कुल्पातेका अनुसार वर्षाका कारण जोरायल, गड्सेरा, दिपायल नापानी, बोगटान, धुर्कोट, मुडभारा, नारीदाङ, गैराधुर्कोट सडकमा यातायात अवरुद्ध छन्। बिग्रिएका सडकमा स्काभेटर लगाएर सञ्चालन गर्न खोजिए पनि वर्षा नरोकिएका कारण पहिरो पन्छाउन नसकिएको उनले बताए।

गाउँका सडकमा यातायातका साधन सञ्चालन हुन बन्द भएपछि अहिले यहाँका किसानले उत्पादन गरेका तरकारी बजारसम्म लैजान नपाउँदा बारीमै कुहिन थालेको जोरायल–५ का किसान लीलाधर विष्टले बताए।

यसैगरी वर्षाले गाउँका सडक अवरुद्ध हुँदा स्थानीयवासी तथा किसानलाई निकै सास्ती भएको छ। दैनिक उपभोग्य सामग्री ढुवानी गर्न पनि समस्या भएको निरौलीका स्थानीयवासी सुरेन्द्रबहादुर बोहराले बताए। (रासस)

प्रकाशित मिति: ०७:०४ बजे, आइतबार, असार २६, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्