Kathmandu Press

उच्च अदालत बारको मतदान सम्पन्न

काठमाडाैं, असार २५ : उच्च अदालत बार एशोसिएशन पाटनको २०औँ नयाँ कार्यसमितिका लागि आज भएको मतदान सम्पन्न भएको छ। आजै मतगणना सुरु गरेर...
उच्च अदालत बारको मतदान सम्पन्न
Hardik ivf

काठमाडाैं, असार २५ : उच्च अदालत बार एशोसिएशन पाटनको २०औँ नयाँ कार्यसमितिका लागि आज भएको मतदान सम्पन्न भएको छ। आजै मतगणना सुरु गरेर सक्ने तयारी रहेको छ। उक्त निर्वाचन समितिका प्रमुख अधिकृत केदार अधिकारीका अनुसार निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भएको छ। मतगणना प्रारम्भ गर्ने विषयमा सर्वदलीय बैठकसमेत सम्पन्न भएर केहीबेरमा मतगणना प्रारम्भ गर्ने र आजै नजिता सार्वजनिक गर्ने तयारी रहेको जानकारी दिए।

नेपालको ९० वटा बार एकाइमध्ये सबैभन्दा बढी सदस्य सङ्ख्या दुई हजार ८२८ मतदान रहेको उक्त बारमा दुई समूह प्रतिस्पर्धामा उत्रिएका छन्। त्यसमध्ये प्रजातान्त्रिक समूहको रामकृष्ण शर्माले गर्नुभएको छ भने प्रगतिशील समूह शान्तिराम खतिवडाले गरेका छन। प्रगतिशील समूहमा नेकपा (एमाले) र एकीकृत समाजवादी निकट कानुन व्यवसायी रहेका छन् भने बाँकी सबै प्रजातान्त्रिक समूहमा रहेका छन्।

नयाँ कार्यसमितिमा पाँच पदाधिकारी र १४ सदस्य गरी १९ सदस्यीय नयाँ कार्यसमिति चयन हुनेछ। त्यसका लागि पदाधिकारी १० र सदस्यका लागि १८ जना चुनावी मैदानमा छन्। आज बिहान ९ बजेदेखि मतदान प्रारम्भ भएको थियो भने बेलुका ५ः१५ सम्पन्न भएको छ। दुई वर्षका लागि नयाँ कार्यसमिति चयन हुने भएको हो।

प्रकाशित मिति: २०:१४ बजे, शनिबार, असार २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्