Kathmandu Press

देशको समृद्धिका लागि राजनीति : सञ्चारमन्त्री कार्की

इनरूवा, असार २५ : सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विकासबिनाको राजनीति खोक्रो भाषणमात्र हुने बताएका छन। सुनसरीको बराह क्षेत्र नगरपालिका–७ स्थित सप्तकोसी...
देशको समृद्धिका लागि राजनीति : सञ्चारमन्त्री कार्की

इनरूवा, असार २५ : सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विकासबिनाको राजनीति खोक्रो भाषणमात्र हुने बताएका छन। सुनसरीको बराह क्षेत्र नगरपालिका–७ स्थित सप्तकोसी बहुमुखी क्याम्पसमा आज आयोजित प्राध्यापक सङ्घको पदभार ग्रहण तथा बस उद्घाटन कार्यक्रममा उनले जनताको सेवा र देशको समृद्धिका लागि आफू राजनीतिमा लागिपरेको बताए।

मन्त्री कार्कीले जनताको सेवा गर्न राजनीतिमा प्रवेश गरेको बताउँदै आफूले बोलेको कुरा पूरा गर्दै आएको दाबी गरे। विकासबिनाको राजनीति जनताका लागि धोका हुने बताउँदै उनले आफूले जनतासामु गरेका अधिकांश प्रतिबद्धता पूरा गरेको दाबी गरे।

Hardik ivf

वराहक्षेत्र नगरपालिकाको विकासका लागि सडक, शिक्षा, स्वास्थ्य, विद्युत्लगायत क्षेत्रमा योजना बनाएर जनतालाई सेवा दिन आफू लागिपरेको मन्त्री कार्कीले जानकारी दिए।  भन्टाबारीदेखि धरानसम्मको पुरानो रेल्वेमार्गलाई सडकमार्गको रूपमा स्तरोउन्नति, सप्तकोसी बहुमुखी क्याम्पसमा कृषि विज्ञान, कम्प्युटर ल्याब र पुस्तकालयको व्यवस्थाका लागि काम गर्ने बताए।

सोही कार्यक्रममा सप्तकोसी क्याम्पसको प्राध्यापक सङ्घ एकाइ समितिमा निर्वाचित सभापति केशव पुरी, उपसभापतिमा उमेश खड्कासहितका पदाधिकारीलाई मन्त्री कार्कीले निर्वाचित प्रमाणपत्र प्रदान गरे। उनको पहलबाट भारतीय दूतावासबाट उपलब्ध क्याम्पस बससमेत उद्घाटन गरेका थिए। कार्यक्रममा जिल्ला समन्वय समिति सुनसरीका सभापति राजन मेहता, इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारी, बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्की, कोसी गाउँपालिकाका प्रमुख ऐयुव अन्सारीलगायतको सहभागिता थियो।

प्रकाशित मिति: २०:०३ बजे, शनिबार, असार २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्