Kathmandu Press

पूर्वप्रधानमन्त्री आबेको पार्थिव शरीर टोकियो ल्याइपुर्‍याइयो, मंगलबार अन्त्येष्टि गरिने

टाेकियाे, असार २५ : जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको पार्थिव शरीर शनिबार उहाँको गृहनगर टोकियो ल्याइपुर्‍याइएको छ। जापानको पश्चिमी शहर नारामा भएको निर्वाचन अभियानलाई...
पूर्वप्रधानमन्त्री आबेको पार्थिव शरीर टोकियो ल्याइपुर्‍याइयो, मंगलबार अन्त्येष्टि गरिने

टाेकियाे, असार २५ : जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको पार्थिव शरीर शनिबार उहाँको गृहनगर टोकियो ल्याइपुर्‍याइएको छ। जापानको पश्चिमी शहर नारामा भएको निर्वाचन अभियानलाई सम्बोधनका क्रममा उनीमाथि गोली हानी हत्या गरिएको थियो। गोली लागि घाइते बनेका आबेलाई उपचारका लागि तत्काल स्थानीय अस्पतालमा पुर्‍याइए पनि स्थानीय समय अनुसार शुक्रबार साँझ ५ः०३ बजे उनको एक मृत्यु भएको घोषणा गरिएको थियो।

जापानी पूर्व प्रधानमन्त्रीको पार्थिव शरीर लिएर शिन्जोकी पत्नी अकी आबे प्रधानमन्त्रीको पार्थिव शरीरसँगै टोकियो आउनुभएको अमेरिकी टेलिभिजन सिएनएनले आबेको कार्यालयलाई उद्धृत गर्दै जानकारी गराएको छ। एनएचके वल्र्डका अनुसार, आबेको पार्थिव शरीर बोकेको गाडी स्थानीय समय अनुसार शनिबार १ः३० बजे टोकियोको शिबुया जिल्लास्थित आवेको घरमा आइपुगेको हो।

Hardik ivf

जापानका प्रधानमन्त्री फुमिओ किशिदा पनि पूर्वप्रधानमन्त्रीको पार्थिव शरीर रहेको घरमा पुगी उनीप्रति श्रद्धासुमन अर्पण गरेका छन। उनले पूर्व प्रधानमन्त्री आवेकी धर्मपत्नीलाई
भेटी समवेदना अर्पण गरेका छन।

स्थानीय सञ्चारमाध्यमका अनुसार सोमबार राति दिवङगत आत्माको चीर शान्तिको कामना गर्दै रात्रि जागरण र प्रार्थना गरिनेछ भने अन्त्येष्टि मंगलबार गरिनेछ।

यसैबीच प्रहरीले पश्चिमी जापानको नारा सिटी निवासी ४१ वर्षीय तेत्सुया यामागामीलाई आबेको हत्या को प्रयास गरेको आशंकामा पक्राउ गरी सोधपुछ जारी राखेको छ।

यसैबीच विश्व नेताहरुले आबे परिवार प्रति सहानुभूति प्रकट गरेका छन। साथै,उनीहरूले हत्याको निन्दा र पूर्वप्रधानमन्त्री आवेसँगको सहकार्यको स्मरण गर्दै दिवङ्गत नेताप्रति श्रद्धसुमन अर्पण गरेका छन।

जापानी प्रधानमन्त्री फुमिओ किशिदाले शुक्रबार नै राष्ट्रका नाममा सम्बोधन गर्दै ‘यो अक्षम्य कार्य हो’ र जापानी अधिकारीहरूले ‘यस परिस्थितिलाई सम्हाल्न उचित कदम चाल्नेछन्’ भनेका थिए। किसिदाले आबेको गोली हानी हत्या गरिनुको कारण अझै थाह नभएको पनि उक्त सम्बोधनमा बताएका थिए। साथै, उनले अनुसन्धान जारी रहेकाले यसबारे कुनै पनि राजनीतिक प्रभाबका बारेमा अनुमान नगर्न सबैसँग अनुरोध ग।ेका थिए।

प्रकाशित मिति: १९:३० बजे, शनिबार, असार २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्