Kathmandu Press

हत्या आरोपित चार जना पुर्पक्षका लागि कारागार चलान

अछाम, असार २५ : अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का विनोद शाहीको हत्या प्रकरणमा जिल्ला अदालत अछामले चार जनालाई पुर्पक्षका लागि कारागार चलान गरेको...
हत्या आरोपित चार जना पुर्पक्षका लागि कारागार चलान

अछाम, असार २५ : अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का विनोद शाहीको हत्या प्रकरणमा जिल्ला अदालत अछामले चार जनालाई पुर्पक्षका लागि कारागार चलान गरेको छ। जिल्ला अदालतले हत्या आरोपमा पक्राउ परेका सोही ठाउँका पृथ्वी शाही, वीरेन्द्र शाही, महेन्द्र शाही र देवेन्द्र शाहीलाई पुर्पक्षका लागि कारागार चलान गरेको हो।

गएको वैशाख १७ गते बेपत्ता भएका विनोद शाही २० गते मृतावस्थामा भेटिएका थिए। उनको हत्या गरिएको भन्दै परिवारले पञ्चदेवलका नगरप्रमुख अम्बिका चलाउने, वडा नं ४ का निवर्तमान अध्यक्ष सदनबहादुर शाही, दानमति बम शाहीसहित १३ जनाविरुद्ध किटानी जाहेरी दिएको थियो।

सरकारी वकिलको कार्यालयले नगरप्रमुख अम्बिका चलाउनेसहित तीन जनाविरुद्ध मुद्दा चलाउन प्रमाण नपुग्ने भन्दै मुद्दा नचल्ने निर्णय गरेको थियो। प्रहरीले नगरप्रमुख चलाउने, नेत्रबहादुर शाही र रामबहादुर शाही हत्यामा संलग्न भएको कुनै पनि प्रमाण नभएको भन्दै सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो।

प्रकाशित मिति: १९:०५ बजे, शनिबार, असार २५, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्