Kathmandu Press

पञ्जाबमा छुट्टाछुट्टै कारबाहीमा ६ आतङ्ककारी पक्राउ

इस्लामावाद, असार २५ : पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तमा छुट्टाछुट्टै कारबाहीमा छ जना आतङ्ककारीलाई पक्राउ गरिएको पाकिस्तानी प्रहरीको काउन्टर टेररिज्म डिपार्टमेन्टले शनिबार स्थानीय सञ्चारमाध्यमलाई...
पञ्जाबमा छुट्टाछुट्टै कारबाहीमा ६ आतङ्ककारी पक्राउ
Hardik ivf

इस्लामावाद, असार २५ : पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तमा छुट्टाछुट्टै कारबाहीमा छ जना आतङ्ककारीलाई पक्राउ गरिएको पाकिस्तानी प्रहरीको काउन्टर टेररिज्म डिपार्टमेन्टले शनिबार स्थानीय सञ्चारमाध्यमलाई बताएको छ।

पञ्जाबको सीटीडीका अनुसार  प्रहरीले लाहोर, गुजरनवाला र रावलपिंडी शहरहरूमा अपरेसनहरू सञ्चालन गरेका थियो।

आतङ्ककारीहरूबाट हतियार, गोलाबारुद र विभिन्न विस्फोटक उपकरणहरू समेत बरामद गरिएको प्रहरीले उल्लेख गरेको छ।

प्रकाशित मिति: १८:३९ बजे, शनिबार, असार २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्