Kathmandu Press

चुरे क्षेत्रको संरक्षण नभएको भन्दै पूर्वराष्ट्रपति डा यादवद्वारा दुःख व्यक्त

जनकपुरधाम, असार २५ : पूर्वराष्ट्रपति डा रामवरण यादवले चुरे क्षेत्रको संरक्षणमा सरकारले ध्यान नदिएकोप्रति दुःख व्यक्त गरेका छन। कान्तिपुर मिडिया ग्रुपद्वारा जनकपुरधाममा आज...
चुरे क्षेत्रको संरक्षण नभएको भन्दै पूर्वराष्ट्रपति डा यादवद्वारा दुःख व्यक्त

जनकपुरधाम, असार २५ : पूर्वराष्ट्रपति डा रामवरण यादवले चुरे क्षेत्रको संरक्षणमा सरकारले ध्यान नदिएकोप्रति दुःख व्यक्त गरेका छन। कान्तिपुर मिडिया ग्रुपद्वारा जनकपुरधाममा आज आयोजित मधेस मन्थन कार्यक्रममा पूर्वराष्ट्रपति डा यादवले अनधिकृतरूपमा भइरहेको चुरे दोहनका कारण तराई मधेस क्षेत्र मरुभूमि बन्ने अवस्थामा पुग्नै लाग्दासमेत सरकारले चुरे क्षेत्रको संरक्षणमा सरकारको ध्यान पुग्न नसकेकोप्रति दुःख व्यक्त गरे।

'पहिला तराई क्षेत्र तराई थियो, यहाँ पर्याप्त पानी हुन्थ्यो, धान, गहुँ पर्याप्त मात्रामा उत्पादन हुन्थ्यो,' पूर्वराष्ट्रपति डा यादवले भने, 'तर अहिले तराई मधेसमा पानीको समस्या देखिएको छ, खाद्यान्न बाहिरबाट आयात गर्नुपर्ने अवस्था छ।' यसको प्रमुख कारण अनधिकृतरूपमा भइरहेको चुरे दोहन र चुरेको विनास भएको उनको भनाइ थियो।

Hardik ivf

यस्तै अवस्थामा चुरेक्षेत्रको दोहन भइरहे आगामी ३० वर्षभित्र तराई मधेस मरुभूमि बन्ने विज्ञहरूले चेतावनी दिइरहेको उल्लेख गर्दै उनले तराई मधेसलाई मरुभूमि बन्न नदिन चुरेको दोहन रोक्नुपर्ने बताए। आफू राष्ट्रपति हुँदा चुरेको संरक्षणका लागि राष्ट्रपति चुरे संरक्षण कार्यक्रम सञ्चालन गरेको सम्झिँदै उनले पछिल्लो समय चुरे विनास गरी भौतिक संरचना निर्माणको काम गरिरहेको प्रति दुःखेसो पोखे।

संविधान बन्दा असन्तुष्टि देखिए पनि अहिले संविधानलाई स्वीकार गरी सबै जना अघि बढिरहेको प्रति खुसी व्यक्त गर्दै पूर्वराष्ट्रपति डा यादवले आफूले घोषणा गरेको संविधान सयौँ वर्षसम्म चलोस् भन्ने आफ्नो चाहना रहेको बताए।

प्रकाशित मिति: १८:१९ बजे, शनिबार, असार २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्