Kathmandu Press

राससकर्मी परियार सम्मानित

मकवानपुर, असार २५ : राष्ट्रिय समाचार समिति (रासस) मकवानपुरका समाचारदाता कृष्णराम परियारलाई आँचल साहित्य कला पुञ्ज मकवानपुरले आज नगदसहित सम्मान गरेको छ।हेटौँडा उपमहानगरपालिकाकी प्रमुख...
राससकर्मी परियार सम्मानित

मकवानपुर, असार २५ : राष्ट्रिय समाचार समिति (रासस) मकवानपुरका समाचारदाता कृष्णराम परियारलाई आँचल साहित्य कला पुञ्ज मकवानपुरले आज नगदसहित सम्मान गरेको छ।

हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाले पत्रकारितामार्फत साहित्य क्षेत्रको प्रवद्र्धनमा पुर्‍याएको योगदानको कदर गर्दै उहाँलाई रु सात हजार ७७७ नगदसहित सम्मान गर्नुभएको हो।

त्यसैगरी साहित्य पुञ्जले नेपाली लेखक सङ्घका केन्द्रीय सदस्य छवि अनित्यलाई रु १० हजारसहित सम्मान गरेको हो।

त्यस्तै साहित्यकारहरु क्रमशः जनार्दन खनाल, तीर्थदेवी शिलवाल, सरिता तिवारी, देवराज खरेल, प्रशन्ना चौलागाईं, भूषिता वशिष्ट, चित्रकार ऋत्विक केबी र मकवानपुरकी प्रहरी निरीक्षक चुडाकुमारी खड्कालाई समेत सम्मानित गरेको छ।  

प्रकाशित मिति: १८:०३ बजे, शनिबार, असार २५, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्