Kathmandu Press

सोल्टीमोडमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

काठमाडाैं, असार २५ : काठमाडौंको सोल्टीमोडमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।काठमाडौँ महानगरपालिका–१२ सोल्टीमोडमा प्रदेश३–०२–००७प ९१९४ नंको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना...
सोल्टीमोडमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

काठमाडाैं, असार २५ : काठमाडौंको सोल्टीमोडमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

काठमाडौँ महानगरपालिका–१२ सोल्टीमोडमा प्रदेश३–०२–००७प ९१९४ नंको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मकवानपुर चित्लाङका २७ वर्षीय बुद्ध गोलेको आज मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते गोलेको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। दुर्घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: १७:५७ बजे, शनिबार, असार २५, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्