Kathmandu Press

केन्याको तटीय क्षेत्रमा सडक दुर्घटना, १५ जना मारिए

केन्याको तटीय क्षेत्रमा सडक दुर्घटना, १५ जना मारिए

नैरोबी, असार २५ : केन्याको तटीय क्षेत्रमा सडक दुर्घटना हुँदा १५ जनाको मृत्यु हुनाका साथै पाँच जना घाइते भएका छन्। मोम्बासा–नैरोबी राजमार्गमा मिनिबस र ट्रक एकआपसमा ठोक्किँदा उनीहरूको ज्यान गएको हो। 

दुर्घटनामा घाइतेभएकामध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्नसक्ने स्थानीय प्रहरीले जनाएको छ।

केन्यामा लापरबाहीपूर्ण ढङ्गले सवारी साधन चलाउने, जोखिम मोलेर सडकमा गुडिरहेका सवारीलाई उछिन्ने, मादक पदार्थ सेवन गरेर सवारी साधन हाँक्ने, हेलमेट नलगाउने प्रवृत्तिले घातक सडक दुर्घटना हुने गरेका छन्। 

राष्ट्रिय यातायात सुरक्षा प्राधिकरणका अनुसार सन् २०२० मा सडक दुद्र्धटनमा परी तीन हजार चार सय ७८ जनाको मृत्यु भएको थियो भने सन् २०२१ मा चार हजार एकसय २१ जनाले ज्यान गुमाएका थिए। 

प्रकाशित मिति: १७:४८ बजे, शनिबार, असार २५, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्