Kathmandu Press

अफगानिस्तानमा बाढीमा परी ८ जनाको मृत्यु

काबुल, असार २५ : अफगानिस्तानको पूर्वी नुरिस्तान प्रान्तमा भारी वर्षा र अचानक आएको बाढीले एकै परिवारका आठ जनाको ज्यान लिएको स्थानीय टेलिभिजन च्यानलले...
अफगानिस्तानमा बाढीमा परी ८ जनाको मृत्यु

काबुल, असार २५ : अफगानिस्तानको पूर्वी नुरिस्तान प्रान्तमा भारी वर्षा र अचानक आएको बाढीले एकै परिवारका आठ जनाको ज्यान लिएको स्थानीय टेलिभिजन च्यानलले शनिबार जनाएको छ।

एक गाउँले कारी मिर्जालाई उद्धृत गर्दै टोलोन्युजले जनाएअनुसार नुरिस्तान प्रान्तको वामा जिल्लाका केही गाउँहरू भर्खरै आएको बाढीले बगाउँदा एकै परिवारका आठ सदस्यको मृत्यु भएको  हो।

परवान, पक्तिया, वर्दक र दक्षिणी कान्दाहार प्रान्तमा विगत केही दिनदेखि परेको भारी वर्षा र बाढीका कारण थुप्रै व्यक्तिको मृत्यु भएको छ।

प्रकाशित मिति: १७:४५ बजे, शनिबार, असार २५, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्