Kathmandu Press

पाकिस्तानको पन्जाबमा बस र कार ठोक्किँदा ६ जनाको मृत्यु

इस्लामावाद, असार २५ : पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तमा यात्रुबाहक बस र कार ठोक्किँदा कम्तीमा छ जनाको मृत्यु हुनाका साथै अन्य १० जनाभन्दा बढी...
पाकिस्तानको पन्जाबमा बस र कार ठोक्किँदा ६ जनाको मृत्यु

इस्लामावाद, असार २५ : पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तमा यात्रुबाहक बस र कार ठोक्किँदा कम्तीमा छ जनाको मृत्यु हुनाका साथै अन्य १० जनाभन्दा बढी घाइते भएको अधिकारीहरूले शनिबार जानकारी दिएका छन्।

प्रान्तको नारोवाल जिल्लाको शकरगढ सडकखण्डमा बस चालकले ओभरटेक गर्ने क्रममा नियन्त्रण गुमाएर कारलाई ठक्कर दिँदा उक्त दुर्घटना भएको जिल्ला प्रहरी अधिकारी नारोवाल रिजवान ओमेर गोण्डलले सिन्ह्वालाई बताएका छन्। 

मृत्यु हुनेमा सबै कारका यात्रु रहेका छन् भने बसमा सवार १० जना घाइते भएका छन्।

यसै बीच  जिल्लामा हालै आएको भारी वर्षाका कारण तीव्र गति र चिप्लो सडकका कारण दुर्घटना बढ्दै गएको छ।
घटनालगत्तै उद्धार टोली र प्रहरी घटनास्थलमा पुगेर घाइतेहरूलाई नजिकैको अस्पतालमा पुर्याएको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ। 

पाकिस्तानमा मुख्यतया खराब सडक र  कम गुणस्तरीय सवारी  साधनका कारण सडक दुर्घटना हुने गरेको बताइन्छ।

प्रकाशित मिति: १७:४३ बजे, शनिबार, असार २५, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्