Kathmandu Press

नेपालकै पहिलो चिकित्सा सङ्ग्रहालय स्थापना हुने

काठमाडाैं, असार २५ : वाग्मती प्रदेश सरकारको सहयोगमा राजधानीमा नेपालकै पहिलो चिकित्सा सङ्ग्रहालय स्थापना हुने भएको छ। सङ्ग्रहालय स्थापनाका लागि प्रदेश सरकारको संस्कृति तथा...
नेपालकै पहिलो चिकित्सा सङ्ग्रहालय स्थापना हुने
सांकेतिक तस्बिर

काठमाडाैं, असार २५ : वाग्मती प्रदेश सरकारको सहयोगमा राजधानीमा नेपालकै पहिलो चिकित्सा सङ्ग्रहालय स्थापना हुने भएको छ।
 
सङ्ग्रहालय स्थापनाका लागि प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयले आगामी आर्थिक वर्षका लागि रु ५० लाख बजेट विनियोजन गरेको छ।

नेपाल चिकित्सक सङ्घसँगको सहकार्यमा सङ्ग्रहालय स्थापना गर्न लागिएको हो। सङ्घको केन्द्रीय कार्यालय भृकुटीमण्डपमा सङ्ग्रहालय स्थापना गर्ने निर्णय भएको वाग्मती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठले जानकारी दिए।

Hardik ivf

सङ्ग्रहालयमा नेपालको चिकित्सा इतिहास झल्कने सामग्रीको सङ्ग्रह गरिने छ। सङ्ग्रहालयमा पुराना औजार, चिकित्सा उपकरणलगायत सामग्री राख्ने तयारी छ।

नेपालमा प्रयोग भएको पहिलो अल्ट्रासाउन्ड, इसिजी, माइक्रोस्कोपलगायत सामग्री सङ्ग्रहालयमा राखिने सङ्घका अध्यक्ष डा लोचन कार्कीले बताउनुभयो। स्वास्थ्यसम्बन्धी यस्ता ऐतिहासिक सामग्रीको खोजी भइरहेको छ।

केही सामग्री पाइएको छ भने केही सामग्रीको खोजी अहिले पनि जारी रहेको सङ्घले जनाएको छ। नेपालमा पहिले लेखिएका प्रेस्क्रिप्शन, तस्बिर, सङ्घका निर्णय पनि सङ्ग्रहालयमा राखिने जनाइएको छ।

सङ्ग्रहालयले स्वास्थ्य पर्यटन प्रवद्र्धनमा पनि सहयोग पुग्ने आशा गरिएको छ। प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयले खेलकुद, स्वास्थ्यलगायत पर्यटन प्रवद्र्धनका काम गरिरहेको बताइएको छ।

प्रकाशित मिति: १७:३४ बजे, शनिबार, असार २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्