Kathmandu Press

५० हजार घुस रकमसहित इन्जिनियर पक्राउ

रोल्पा, असार २४ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पश्चिम रोल्पाको गंगादेव गाउँपालिकाका इन्जिनियरलाई ५० हजार घुस रकमसहित पक्राउ गरेको छ। अख्तियारको बुटवल कार्यालय अन्तर्गत...
५० हजार घुस रकमसहित इन्जिनियर पक्राउ

रोल्पा, असार २४ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पश्चिम रोल्पाको गंगादेव गाउँपालिकाका इन्जिनियरलाई ५० हजार घुस रकमसहित पक्राउ गरेको छ। 

अख्तियारको बुटवल कार्यालय अन्तर्गत नेपालगञ्ज सम्पर्क कार्यालयबाट खटिएको टोलीले शुक्रबार सडक निर्माण योजनामा सेवाग्राहीसँग रकम लिँदै गरेको अवस्थामा इन्जिनियर नवीन डाँगीलाई पक्राउ गरेको हो।

सेवाग्राहीबाट योजनाका लागि डाँगीले नापी किताब, बिल तयार पारिदिएको सट्टामा घुस रकम मागेको भन्दै उजुरी परेपछि खटिएको टोलीले उनलाई पक्राउ गरेको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।

आयोगका तर्फबाट जारी विज्ञप्तिमा ५० हजार घुसरिसवत लिइसकेको प्रमाणसहित डाँगीले घुस रकम पनि जफत गरिएको उल्लेख । घटनाबारे थप अनुसन्धान गर्ने अख्तियारले जनाएको छ ।

डाँगीलाई अख्तियार दुरुपयोगको आरोपमा यसअघिको गाउँ कार्यपालिकाले घटुवा गरेको थियो।

प्रकाशित मिति: १७:१० बजे, शनिबार, असार २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्