श्रीलंकामा चुलिँदै संकट, प्रदर्शनकारीले घेरे राष्ट्रपति निवास
काठमाडौं, असार २५ : विदेशी मुद्राको सञ्चिती अत्यन्त न्यून भएपछि आर्थिक संकटमा फसेको श्रीलंकामा शृंङ्खलाबद्ध प्रदर्शन भइरहेका छन्।यसक्रममा शनिबार प्रदर्शनकारीहरुले राष्ट्रपतिको सरकारी निवास...
काठमाडौं, असार २५ : विदेशी मुद्राको सञ्चिती अत्यन्त न्यून भएपछि आर्थिक संकटमा फसेको श्रीलंकामा शृंङ्खलाबद्ध प्रदर्शन भइरहेका छन्।
यसक्रममा शनिबार प्रदर्शनकारीहरुले राष्ट्रपतिको सरकारी निवास घेराउ गरेका छन्। राजधानी कोलम्बोमा उत्रिएको हजारौं प्रदर्शनकारीले प्रहरीको अवरोध र कफ्र्यु चिर्दै राष्ट्रपति गोटावाया राजापाक्षेको निवास घेरेका छन्।
निवास घेराउमा परेपछि राष्ट्रपति राजापाक्ष भागेको फ्रेन्च न्युज एजेन्सी एएफपीले बताएको छ।
श्रीलंकाको राष्ट्रिय झन्डा र हेलमेट लगाएका प्रदर्शनकारीले राष्ट्रपति कार्यालय तोडफोड गरेको विभिन्न सञ्चार माध्यमहरुले जनाएका छन्।
मुलुकमा जटि परिस्थिति सिर्जना हुनुमा राष्ट्रपति गोटावाया राजापाक्षे दोषी रहेको प्रदर्शनकारीले बताएका छन्।
उनीहरूले राष्ट्रपति राजापाक्षे राजीनामा गर्नुपर्ने माग अघि सारेका छन्।
प्रदर्शन चर्किंदै जाँदा यसअघि महिन्दा राजापाक्षले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि रनिल विक्रमासिंघे प्रधानमन्त्री बनेका छन्।












