सिरियाका राष्ट्रपति ११ वर्षपछि अलेप्पोको भ्रमणमा
दमस्कस, असार २५ : सिरियाका राष्ट्रपति बसर अल असदले ११ वर्षपछि अलेप्पोको भ्रमण गरेका छन्।देशको आर्थिक तथा औद्योगिक केन्द्रको रुपमा रहेको अलेप्पोमा पछिल्लो ११...
दमस्कस, असार २५ : सिरियाका राष्ट्रपति बसर अल असदले ११ वर्षपछि अलेप्पोको भ्रमण गरेका छन्।
देशको आर्थिक तथा औद्योगिक केन्द्रको रुपमा रहेको अलेप्पोमा पछिल्लो ११ वर्षसम्म कुनै पनि राष्ट्रपतिले भ्रमण गरेका थिएनन्।
थर्मल प्लान्ट र पानी तान्ने मेसिनको उद्घाटनका लागि उनी अलेप्पो पुगेको सरकारी अधिकारीहरूले जानकारी दिएका छन्।
देशको उत्तरी क्षेत्रमा पर्ने प्रमुख सहरको रुपमा रहेको अलेप्पोलाई रणनीतिक हिसाबले पनि महत्वपूर्ण मानिन्छ।
सिरियाका विज्ञ, प्राविधिक र कामदारहरूले स्थानीय अनुभव र सहयोगका आधारमा थर्मल प्लान्ट र पानी तान्ने मेसिन निर्माण गरेका हुन्।
देशमा चलेको गृह युद्धका क्रममा त्यस क्षेत्रमा ठुलाठुला भिडन्त भएका थिए। द्वन्द्वका कारण काम समेत प्रभावित भएको थियो । अव भने त्यसलाई पूर्ण रुपमा सञ्चालन गर्न थालिएको छ।
प्रकाशित मिति: १३:५० बजे, शनिबार, असार २५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












