Kathmandu Press

भारतमा एकै दिन थपिए झन्डै १९ हजार कोरोना सङ्क्रमित

नयाँ दिल्ली, असार २५ : भारतमा कोरोना भाइरसबाट थप झण्डै १९ हजार जना सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरूले शनिबार दिएको जानकारीअनुसार थप १८...
भारतमा एकै दिन थपिए झन्डै १९ हजार कोरोना सङ्क्रमित

नयाँ दिल्ली, असार २५ : भारतमा कोरोना भाइरसबाट थप झण्डै १९ हजार जना सङ्क्रमित भएका छन् । 

सरकारी अधिकारीहरूले शनिबार दिएको जानकारीअनुसार थप १८ हजार ८४० जना कोरोना भाइरसबाट सङ्क्रमित भएका हुन् । 

योसँगै भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या ४ करोड ३६ लाख चार हजार ३ सय ९४ पुगेको संघीय स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

पछिल्लो एक दिनमा देशभर कुल चार लाख ५४ हजार ७७८ जनाको कोरोना परीक्षण गरिएको पनि मन्त्रालयका अधिकारीहरूले जनाएका छन्। 

भारतमा पछिल्लो समयमा सक्रिय सङ्क्रमितहरूको सङ्ख्यामा पनि वृद्धि भएको देखिएको मन्त्रालयले जनाएको छ। पछिल्लो ४ महिनामा अहिले सबैभन्दा धेरै देखिएका हुन्।  

सोही अवधिमा कोरोना भाइरसका कारण भारतमा थप ४३ जनाको मृत्यु भएको छ। योसँगै कुल मृतकको सङ्ख्या पाँच लाख २५ हजार ३४६ पुगेको छ। 

प्रकाशित मिति: १३:४६ बजे, शनिबार, असार २५, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्