वाग्मती कांग्रेसले गठबन्धनमा भएका सहमतिहरू कार्यान्वयनबारे ध्यानाकर्षण गराउने
काठमाडाैं, असार २५ : नेपाली कांग्रेस वाग्मती प्रदेशले गठबन्धनबीच विभिन्न विषयमा भएको सहमति कार्यान्वयनका लागि पार्टीको ध्यानाकर्षण गराउने भएको छ।पार्टी कार्यालय सानेपामा शुक्रबार...
काठमाडाैं, असार २५ : नेपाली कांग्रेस वाग्मती प्रदेशले गठबन्धनबीच विभिन्न विषयमा भएको सहमति कार्यान्वयनका लागि पार्टीको ध्यानाकर्षण गराउने भएको छ।
पार्टी कार्यालय सानेपामा शुक्रबार बसेको बैठकले स्थानीय तहको निर्वाचनको समिक्षा गर्दै गठबन्धनबीच भएको सहमति कार्यान्वयनका लागि पार्टीको केन्द्रीय समिति बैठकलाई जानकारी गराउने सभापति इन्द्र बानियाँले जानकारी दिए।
त्यस्तै आगामी निर्वाचनमा गठबन्धनबीच तालमेल गर्दा खुलस्त छलफल हुनुपर्ने बागमती प्रदेशले जनाएको छ। सभापति बानियाँले गठबन्धनको पूर्वसहमतिअनुसार बागमती प्रदेशमा चुनावी सरकारको नेतृत्व कांग्रेसले गर्ने विषय कार्यान्वयन हुनुपर्ने बताए।
समाजवादीले गठबन्धनलाई निरन्तरता दिने हो भने सहमति अनुसार बागमती प्रदेशको नेतृत्व कांग्रेसलाई दिनुपर्ने उनको भनाइ छ।
उनले नेकपा एकीकृत समाजवादीले सहमति कार्यान्वयन नभए कांग्रेस बागमती प्रदेशले समाजवादीसंग सहकार्य गर्न बाध्य नहुने स्पष्ट पारे।












