Kathmandu Press

प्रदेश १ को नाम पहिचान विरोधी राखे दीर्घकालीन आन्दोलनमा जाने चेतावनी

 काठमाडाैं, असार २५ : लिम्बुवान किराँत संयुक्त संघर्ष समितिले प्रदेश १ को पहिचान विरोधी नामकरण गरिए दीर्घकालीन आन्दोलनमा जाने चेतावनी दिएको छ।शुक्रबार काठमाडौंमा पत्रकार...
प्रदेश १ को नाम पहिचान विरोधी राखे दीर्घकालीन आन्दोलनमा जाने चेतावनी

 काठमाडाैं, असार २५ : लिम्बुवान किराँत संयुक्त संघर्ष समितिले प्रदेश १ को पहिचान विरोधी नामकरण गरिए दीर्घकालीन आन्दोलनमा जाने चेतावनी दिएको छ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै समितिले प्रदेश १ मा शासक जातीय साम्प्रदायिक नाम राख्ने षडयन्त्र आभास भएको भन्दै पहिचान विरोधी नामकरण गरिए दीर्घकालीन आन्दोलनमा जाने चेतावनी दिएको हो।

Hardik ivf

समितिले प्रदेश १ लाई  प्रदेशसभाबाट साझा संयुक्त पहिचानका आधारमा लिम्बुवान किरात प्रदेश नामकरण हुनुपर्ने जनाएको छ।

कोसी , सगरमाथाजस्ता पहिचानविरोधी प्रदेशका नाम राखिए हामी दीर्घकालीन रूपमा आन्दोलनमा होमिन बाध्य हुने र यसले नेपाली जनताले दिगो शान्ति र अमनचयनमा समेत असर पार्ने समेत समितिले जनाएको छ।

प्रदेश १ को भौगोलिक अवस्था, सामाजिक, सांस्कृतिक, ऐतिहासिक पृष्ठभूमि एवं पहिचानको आधारमा प्रदेशको नामकरण हुनुपर्ने समितिको भनाइ छ । 

प्रकाशित मिति: १२:५७ बजे, शनिबार, असार २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्