Kathmandu Press

पहिरोले बिहानैदेखि पृथ्वीराजमार्ग अवरुद्ध

तनहुँ, असार २५ : तनहुँको म्याग्दे गाउँपालिका–४ स्थित तुरतुरेमा आज बिहान पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्ध भएको छ।गएरातिदेखिको वर्षासँग आएको पहिरोले पृथ्वीराजमार्गको जामुने–खैरेनी सडक...
पहिरोले बिहानैदेखि पृथ्वीराजमार्ग अवरुद्ध
Hardik ivf

तनहुँ, असार २५ : तनहुँको म्याग्दे गाउँपालिका–४ स्थित तुरतुरेमा आज बिहान पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्ध भएको छ।

गएरातिदेखिको वर्षासँग आएको पहिरोले पृथ्वीराजमार्गको जामुने–खैरेनी सडक अवरुद्ध भएको हो। सडकभन्दा माथिबाट पहिरो खसेपछि उक्त खण्ड दुईतर्फी रुपमा अवरुद्ध भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए।

सडक डिभिजन कार्यालयको समन्वयमा पहिरो हटाउने कार्य जारी रहेको उनले बताए। पहिरो पन्छाएर यातायात सञ्चालनमा आउन समय लाग्ने जनाइएको छ।

प्रकाशित मिति: ०८:०८ बजे, शनिबार, असार २५, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्