Kathmandu Press

रुपन्देहीमा सिकलसेलका बिरामी बढे

भैरहवा, असार २४ : थारु समुदायमा बढी देखिएको सिकलसेल एनिमियाका बिरामीको सङ्ख्या रुपन्देहीमा बढ्दै गएको छ। जिल्लामा खासगरी थारु समुदायको बाहुल्य रहेको क्षेत्रमा...
रुपन्देहीमा सिकलसेलका बिरामी बढे

भैरहवा, असार २४ : थारु समुदायमा बढी देखिएको सिकलसेल एनिमियाका बिरामीको सङ्ख्या रुपन्देहीमा बढ्दै गएको छ। जिल्लामा खासगरी थारु समुदायको बाहुल्य रहेको क्षेत्रमा यो रोग बढ्दै गएको हो। स्वास्थ्य कार्यालय रुपन्देहीले सिकलसेल तथा थालसेमिया रोगसम्बन्धी कार्यक्रममा सार्वजनिक गरिएको तथ्याङ्कअनुसार जिल्लामा २७  रोगी रहेका छन्।

जसमा महिला १८ र पुरुष नौ रहेका छन्। सबैभन्दा बढी तिलोत्तमामा पुरुष चार र महिला पाँच गरी नौ रहेका छन्। त्यसैगरी सियारीमा पुरुष एक, महिला तीन, शुद्धोधनमा पुरुष एक, महिला तीन, गैडहवामा पुरुष दुई, महिला दुई, बुटवलमा महिला तीन, ओमसतियामा महिला पुरुष एक/एक र सैनामैनामा एक महिला रहेका छन्।

Hardik ivf

रुपन्देहीसहित लुम्बिनी प्रदेशको ६ जिल्लामा बिरामीको सङ्ख्या बढ्दै गएको छ। बर्दियामा सबैभन्दा बढी बिरामी रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कले देखाएको छ। २१९ महिला र १७५ पुरुष गरी ३९४ बिरामी बर्दियामा मात्रै रहेका छन्। बाँके जिल्ला यो रोगको धेरै बिरामी रहेको आधारमा लुम्बिनी प्रदेशमा दोस्रो नम्बरमा पर्ने गर्दछ। बाँकेमा ६५ महिला र ५७ पुरुष गरी १२२ बिरामी रहेको तथ्याङ्कले देखाउँछ। दाङमा १३ महिला, १८ पुरुषसहित ३१, कपिलवस्तुमा एक, महिला र एक पुरुष गरी दुई बिरामी रहेको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले जानकारी दिएको छ।

तरकारी खेतीमा कृषि विकास बैंकले सहयोग गर्ने

कृषि विकास बैंक दयानगर छपियाँ शाखा रुपन्देहीले कृषकलाई तरकारी खेतीमा आर्थिक सहयोग गर्ने भएको छ। जिल्लाको गैडहवा गाउँपालिका क्षेत्रमा रहेका कृषकलाई तरकारी उत्पादनमा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ सहयोग गर्न थालिएको दयानगर छपियाँ शाखाले जनाएको छ। स्थानीय क्षेत्रमा सञ्चालित कृषक व्यवसायीलाई व्यापार विस्तारमा बैंकले सहयोग गर्नेभएको हो।

कृषक, स्थानीय बासिन्दा, बैंकका प्रतिनिधि र जनप्रतिनिधि विच  शुक्रबार भएको छलफलमा कृषिक्षेत्रको बिकासमा सहकार्य गर्ने सहमति भएको कृषि विकास बैंक दयानगर छपियाँ शाखाले जनाएको छ। बैंकका शाखा प्रबन्धक गणेशसिंह श्रेष्ठले व्यवसायी तरकारी उत्पादन तथा पशुपालन क्षेत्रमा काम गर्न चाहना किसानका लागि वार्षिक ३ प्रतिशत ब्याजमा बैंकले आवश्यकताअनुसार उपलब्ध गराउने जानकारी दिए। किसानको उत्पादनमा बढावा दिनका लागि सो बैंक तयार रहेको भन्दै उत्पादन गरेर स्वारोजगार बन्न कृषकलाई शाखा प्रबन्ध श्रेष्ठले अनुरोध गरे।

प्रकाशित मिति: २०:४३ बजे, शुक्रबार, असार २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्