Kathmandu Press

चैनपुर ट्याक्टर दुर्घटना : घाइतेको सङ्ख्या ४२ पुग्यो

चैनपुर ट्याक्टर दुर्घटना : घाइतेको सङ्ख्या ४२ पुग्यो

किमाथाङ्का, असार २४ : सङ्खुवासभाको चैनपुर नगरपालिका–१० दुम्कटामा ट्याक्टर दुर्घटनामा घाइते हुनेको सङ्ख्या ४२ पुगेको छ। शुक्रबार दिउँसो मलामी बोकेर फर्किँदै गरेको ट्याक्टर खाँदबारी–लेगुवा सडकखण्डको दुमकटामा दुर्घटनामा परको हो। ट्याक्टर दुर्घटनामा परेर घाइते हुनेको सङ्ख्या ४२ पुगेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए।

को २ त ३९६१  ट्याक्टर पल्टिएर दुई मलामीको मृत्यु भएको छ। मृत्यु हुनेमा चैनपुर नगरपालिका–१० का २४ वर्षीय गङ्गाबहादुर तामाङ र चैनपुर नगरपालिका–९ का वर्षीय ४६ को केशव कार्की रहेको सुवेदीले बताए। दुर्घटनापछि घाइते भएका तामाङ र कार्कीको मनकामना सामुदायिक अस्पताल तुम्लिङटार उपचारका क्रममा मृत्यु भएको उनले जानकारी दिए। ट्याक्टर दुर्घटनामा परेर भने छ जना गम्भीर घाइते भएको  प्रहरीले जनाएको छ।

Hardik ivf

दुर्घटनामा परेर गम्भीर घाईते भएका सात जनालाई मनकामना सामुदायिक अस्पताल तुम्लिङटार उपचार हुन नसकेपछि थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ। खराङबाट मलामीलाई खाजा बोकेर पिलुवा खोलामा गई दहासंस्कार गरी पुनः मलामी बोकी फर्किने क्रममा ट्याक्टर  दुम्कटामा दुर्घटनामा परको हो।

सवारी चालक चैनपुर–१० का ३४ वर्षीय मोहनकुमार तामाङलाई अस्थायी प्रहरी चौकी सभाखोलाले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। ट्याक्टरको लोडपिन अचानक भाँचिन गई रोडको बाँयातर्फ पल्टिई दुर्घटना भएको प्रहरीले जनाएको छ। चैनपुर–१० की ९० वर्षीय कौशिला अधिकारीको मलामी गएका दुर्घटनामा परेका हुन्।

प्रकाशित मिति: २०:३९ बजे, शुक्रबार, असार २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्