एमालेका नेता सवार गाडी दुर्घटना, तीन घाइते
सिन्धुली, असार २४ : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता सवार गाडी दुर्घटनामा परेको छ। पूर्वपर्यटनमन्त्री कृपाश्वर शेर्पा सवार गाडी दुर्घटनामा परेको हो ।...
सिन्धुली, असार २४ : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता सवार गाडी दुर्घटनामा परेको छ। पूर्वपर्यटनमन्त्री कृपाश्वर शेर्पा सवार गाडी दुर्घटनामा परेको हो । दुर्घटनामा पूर्वपर्यटन मन्त्री शेर्पा सामान्य घाइते भएका छन।
उनीसँगै सवार एमाले पोलिटब्यूरो सदस्य गोकुल घर्ती, आदिवासी जनजाति महासङ्घका महासचिव पेम्बा गुरुङ र आदिवासी जनजाति उपमहासचिव देवराज राई घाइते भएका छन।
घाइतेको उद्धार गरी सिन्धुली अस्पतालमा उपचार भइरहेको छ। प्राथमिक उपचारपछि घाइते तीनलाई हेलिकाेप्टरबाट थप उपचारका लागि काठमाडौँ लैजाने तयारी गरिए पनि मौसमका कारण हेलिकाेप्टर असम्भव भएपछि एम्बुलेन्समार्फत काठमाडौँ लगिने तयारी गरिएको छ। घाइते तीनको स्वास्थ्य अवस्था खतरामुक्त रहेको चिकित्सकले बताएका छन्।
एमाले निकट लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ प्रदेश नं १ को विस्तारित बैठकमा भाग लिन धनकुटा जाने क्रममा मदनभण्डारी राजमार्गअन्तर्गत कमलामाई नगरपालिका–१४ चन्दनपुरमा उनीहरू सवार गाडी दुर्घटनामा परेको थियो। प्रहरीका अनुसार उनीहरू सवार बा २ च ९००३ नम्बरको गाडी अनियन्त्रित भई सडकबाट १५ फिट तल खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।












