Kathmandu Press

पत्रकार आचारसंहिताको पालना गरौं’

काठमाडाैं, असार २४ : पछिल्लो समय पत्रकारिता तथा मिडिया क्षेत्रमा आचार संहिताको उल्लङ्घन बढ्दै गएकाले संहिता पालनातर्फ ध्यान दिनुपर्नेमा जोड दिइएको छ। प्रेस...
पत्रकार आचारसंहिताको पालना गरौं’

काठमाडाैं, असार २४ : पछिल्लो समय पत्रकारिता तथा मिडिया क्षेत्रमा आचार संहिताको उल्लङ्घन बढ्दै गएकाले संहिता पालनातर्फ ध्यान दिनुपर्नेमा जोड दिइएको छ। प्रेस काउन्सिल नेपालको सहयोगमा नेपाल प्रेस इन्ष्टिच्यूटले सञ्चारकर्मी तथा पत्रकारको निम्ति आयोजना गरेको ‘पत्रकार आचार संहिता र निर्वाचन आचार संहिता’सम्बन्धी दुई हप्ताको पत्रकारिता तालिम समापन कार्यक्रममा प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले आज भर्चुअल माध्यमबाट समापन गर्दै पत्रकारिता तथा मिडिया क्षेत्रमा आचार संहिताको उल्लङ्घन निकै बढेको देखिएको बताए।

उनले आचार संहिता उल्लङ्घन बढ्दै गएकाले काउन्सिलले केही समययता पत्रकार आचार संहितासम्वन्धि तालिमलाई व्यापक बनाउँदै लगेको समेत बताए। उनले भने, 'आचार संहिता उल्लङ्घन गढ्दै गएको छ, प्रेस काउन्सिलमा सूचीकृत अनलाइन न्यूज पोर्टलका सञ्चालक, सम्पादक तथा अन्य पत्रकारसमेतलाई पत्रकार आचार संहिता अभिमुखीकरण अनिवार्य गरिएपछि भने केही मात्रामा कमी आएको छ।'

त्यसैगरी नेपाल प्रेस इन्ष्टिच्यूटका महासचिव तथा कार्यकारी निर्देशक लक्ष्मण उप्रेतीले तालिमले आगामी मङ्सिरमा हुने सङ्घीय तथा प्रादेशिक चुनावमा सकारात्मक प्रभाव देखिने विश्वास व्यक्त गरे। इन्ष्टिच्यूटले विगत ३८ वर्षदेखि निरन्तर अनुशासित र कर्तव्यनिष्ट पत्रकार उत्पादनमा लागिरहेको छ।

तालिममा पत्रकार आचार संहिता, २०७३, लैङ्गिक उत्तरदायी निर्देशिका, अपाङ्गता मैत्री निर्देशिका, बालमैत्री निर्देशिका, ज्येष्ठ नागरिक निर्देशिका, निर्वाचन आचार संहिता तथा भाषागत शुद्धीकरण र समाचार लेखनका विषयमा प्रयोगात्मक अभ्यासका साथ सघन छलफल भएको थियो। तालिमका स्रोत व्यक्तिका रूपमा वरिष्ठ पत्रकार तीर्थ कोइराला, कपिल काफ्ले, वबिता बस्नेत र बालकृष्ण बस्नेत तथा प्रशिक्षकहरू झविन्द्र भुसाल, दीपक खनाल, रामशरण बोहरा र सूर्य अर्याल थिए। भच्र्युयल विधिद्वारा दैनिक चार घण्टा सञ्चालन भएको तालिममा २० भन्दाबढी जिल्लाका ३९ मिडियाकर्मीको सहभागिता रहेको थियो।

प्रकाशित मिति: १८:२१ बजे, शुक्रबार, असार २४, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्