Kathmandu Press

जसपाको केन्द्रीय समिति बैठक एक दिन पर धकेलियाे

काठमाडाैं, असार २४ : यही असार २८ र २९ गते वीरगन्जमा बस्ने भनिएकाे जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय समिति बैठक एक दिन...
जसपाको केन्द्रीय समिति बैठक एक दिन पर धकेलियाे

काठमाडाैं, असार २४ : यही असार २८ र २९ गते वीरगन्जमा बस्ने भनिएकाे जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय समिति बैठक एक दिन पर धकेलिएको छ।

असार २८ गते मुस्लिम समुदायको चाड बकर इद परेकाले बैठक सारिएकाे केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले बताए।

बैठक एक दिन पर सरेपछि असार २९ र ३० गतेका लागि कार्यतालिका बनाइएको उनले जानकारी  दिए। बैठक वीरगन्जस्थित टाउन हलमा हुनेछ।

जसपाभित्र आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला हुन लागेकाे यो बैठकलाई महत्वका साथ हेरिएको छ।

पार्टी अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई पक्षबीच विवाद चर्किदै जाँदा सहममतिमै छुट्टिने टुंगाे लागेका बेला यादव पक्षकाे बैठक कस्ताे हुने भन्ने विषयलाइ राजनीतिक जगतमा आम चासाेका साथ हेरिएकाे छ। 

यो बैठकमा डा. भट्टराई पक्ष सहभागी हुने वा नहुने टुंगाे छैन। डा. भट्टराई बैठकमा सहभागी नभएकाे अवस्थामा उनलाइ साथ दिँदै आएका अशाेक राइलगायत नेताहरूले के गर्लान भन्ने चर्चा पनि भइरहेकाे छ। 

प्रकाशित मिति: १७:२१ बजे, शुक्रबार, असार २४, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्