काठमाडौंमा रिभर गाइड तालिममा १२ महिला २८ जना पुरुष सहभागि
काठमाडौं, असार २४ : संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी ) र नेपाल पर्यटन बोर्डको सहकार्यमा काठमाडौंमा सात दिने रिभर गाइडको लाइसेन्सिङ्ग तालिम १२ महिला...
काठमाडौं, असार २४ : संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी ) र नेपाल पर्यटन बोर्डको सहकार्यमा काठमाडौंमा सात दिने रिभर गाइडको लाइसेन्सिङ्ग तालिम १२ महिला र २८ जना पुरुष सहभागि भएको छन् ।
जिविकोपार्जन पुनः उत्थानका लागि दिगो पर्यटन परियोजनाअन्र्तगत बुधबारबाट नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (नाथम) तालिम सुरु भएको हो ।
नेपाल पर्यटन बोर्ड, एसटीएलआरपी परियोजनासँगको साझेदारीमा नेपाल एसोसियसन अफ ¥याफटिङ एजेन्सीज (नारा) को आयोजनामा तथा नाथमसँगको सहकार्यमा ४० जनालाई रिभर गाईड तालिम प्रदान गर्न लागिएको पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले जानकारी दिए । ‘परियोजनाले नयाँ जनशक्ति थप गर्ने तथा भएको जनशक्तिलाई थप दक्ष बनाउन तालिम सञ्चालन गरिएको हो,’ निर्देशक लामिछानेले भने ।
तालिमको उद्घाटनका क्रममा नाथममा विभिागीय प्रमुख अजय ढकालले दक्ष रिभर गाइडहरुको माग रहकोले यस तालिमबाट त्यो आवश्यक्ता पूर्ती हुने बताए । उनले नाथमबाट उत्पादित जनशक्तिको बजारमा राम्रो छाप रहेकोले यस तालिमबाट उत्पादित जनशक्तिले समेत त्यो छवीलाई कायम राख्ले विश्वास व्यक्त गरे ।
नेपाल एसोसियसन अफ ¥याफ्टिङ्ग एजेन्सीज (नारा) का अध्यक्ष शिव अधिकारीले पर्यटन बोर्ड तथा एसटीएलआरपी परियोजनासँगको सहकार्यमा नाराले यस अघि महिला रिभर गाइडको निशुल्क तालिम संचालनमा ल्याएको थियो ।
एसटीएलआरपी परियोजनाले नेपाल एसोसियसन अफ ¥याफटिङ एजेन्सीज (नारा) सँगै नेपाल एशोसिएसन अफ टुर एण्ड ट्रावल एजेन्ट्स (नाटा) , ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान), होटल एशोसिएशन नेपाल (हान) तथा विभिन्न गाउँपालिकाहरुको सहकार्यमा अल्पकालीन परियोजना संचालन गरी गत वर्ष करिब ६ हजार जनालाई अल्पकालीन रोजगारी दिएको थियो ।












