Kathmandu Press

चन्द्रागिरिमा प्रशोधन नै नगरी खानेपानी वितरण

काठमाडौं, असार २४ : खानेपानी उपभोक्ता समितिले प्रशोधन नै नगरी खानेपानी वितरण गरेको पाइएको छ। चन्द्रागिरि नगरपालिका वडा नं ४ र १४ को समितिले खानेपानी...
चन्द्रागिरिमा प्रशोधन नै नगरी खानेपानी वितरण

काठमाडौं, असार २४ : खानेपानी उपभोक्ता समितिले प्रशोधन नै नगरी खानेपानी वितरण गरेको पाइएको छ। 

चन्द्रागिरि नगरपालिका वडा नं ४ र १४ को समितिले खानेपानी प्रशोधन नै नगरी बाँड्ने गरेको पाइएको हो। जिल्ला स्वास्थ्य कार्यालयले पानीको परीक्षण गर्दा प्रशोधन नै नगरी वितरण गर्ने गरेको कार्यालयका प्रमुख वसन्त अधिकारीले जानकारी दिए। 

‘स्थानीय मुहानको पानी समितिले प्रशोधन नै नगरी वितरण गरेको हामीले पायौँ,’ उनले भने, ‘त्यसरी वितरण गरेको पानीमा जिवाणु भेटिएको छ ।’ उनका अनुसार प्रशोधन नै नगरी खानेपानी वितरण गर्दा हैजा देखिएकोबताए। । 

Hardik ivf

यसरी वितरण गरिएको चन्द्रागिरिमा रहेको खानेपानीमा इकोलाई र कोलिफर्म जीवाणु फेला परेको छ । हैजा पुष्टि भएको ठाउँमा खानेपानीको परीक्षण गर्दा अधिकांश ठाउँमा मानिसको दिसामा पाइने इकोलाई र कोलिफर्म जीवाणु फेला परेको छ । यो पानी पिउन अयोग्य मानिन्छ । 

बागबजार, डिल्लीबजार, बूढानीलकण्ठको खानेपानीमा इकोलाई र कोलिफर्म, कीर्तिपुरको खानेपानी कोलिफर्म फेला परेको छ । उनका अनुसार टेकु र कुलेश्वरको खानेपानीमा धेरैमा इकोलाई तथा कागेश्वरी मनहराको खानेपानीमा केहीमा इकोलाई र धेरैमा कोलिफर्म जीवाणु देखिएको छ । 

कार्यालय प्रमुख अधिकारीले खानेपानी र ढलको पाइप सँगसँगै हुनाले इकोलाई र कोलिफर्म जीवाणु पाइएको बताए। ‘वर्षायाममा डुबानको पानीले गर्दा खानेपानी र ढलको पाइप कुनै न कुनै ठाउँमा मिसिने गर्दछ,’ उनले भने, ‘यसरी ढलको पाइपबाट खानेपानीको पाइपमा जीवाणु आउने गरेको छ।’

खानेपानीको पुरानो पाइप हुनाले पनि ढलको पानी सजिलै खानेपानीको पाइपमा छिर्ने गर्दछ । यसरी खानेपानीको पाइपमा जीवाणु प्रवेश गर्ने र सोही पानी पिउँदा हैजा लाग्ने गरेको छ । अहिलेसम्म २३ जनामा हैजाका बिरामी देखिएका छन्। 

हैजा तथा झाडापखाला रोगबाट बच्नका लागि उमालेको वा क्लोरिन झोल हालेर शुद्धीकरण गरिएको पानी मात्र पिउन आग्रह गरिएको छ । खाना बनाउनु अघि र पछि, दिसापिसाव गरेपछि र फोेहर चलाएपछि राम्रोसँग साबुन पानीले हात धुनु पर्दछ। 

यस्तै खानेपानीलाई सधैँ सफा भाँडोले छोप्न, खानेकुरालाई राम्ररी पकाएर खान, सडेगलेको, बासी र झिँगा भन्केको खानेकुरा नखानसमेत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अनुरोध गरेको छ । झापापखाला लागे झोलिलो खानेकुरा खान पनि आग्रह गरिएको छ।   

प्रकाशित मिति: १६:५० बजे, शुक्रबार, असार २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्