नेपाल प्रहरीसम्बन्धी विधेयक प्रस्तुत
काठमाडौं, असार २४ : प्रतिनिधिसभाको आजको बैठकमा नेपाल प्रहरी र प्रदेश प्रहरी कार्यसञ्चालन र सुपरीवेक्षणलाई संशोधन गर्न बनेको विधेयकमाथि सम्बन्धित समितिबाट भएको छलफलसहितको प्रतिवेदन...
काठमाडौं, असार २४ : प्रतिनिधिसभाको आजको बैठकमा नेपाल प्रहरी र प्रदेश प्रहरी कार्यसञ्चालन र सुपरीवेक्षणलाई संशोधन गर्न बनेको विधेयकमाथि सम्बन्धित समितिबाट भएको छलफलसहितको प्रतिवेदन प्रस्तुत भएको छ।
बैठकमा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका ज्येष्ठ सदस्य मुकुन्द न्यौपानेले सो प्रस्ताव प्रस्तुत गरेका हुन् । सो समितिमा दफाबार छलफलबाट विधेयक सभासमक्ष प्रस्तुत भएको हो।
प्रकाशित मिति: १६:२८ बजे, शुक्रबार, असार २४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












