Kathmandu Press

सवइन्जिनियर दुबेविरुद्ध  ठगी तथा आर्थिक लाभ मुद्दा दर्ता

काठमाडौं, असार २४ : दुर्ई दिनअघि सेवाग्राहीबाट रु एक लाख ७० हजार घुस लिँदै गर्दा पक्राउ परेका मधेस प्रदेशअन्तर्गत पर्सास्थित सहरी विकास तथा भवन...
सवइन्जिनियर दुबेविरुद्ध  ठगी तथा आर्थिक लाभ मुद्दा दर्ता

काठमाडौं, असार २४ : दुर्ई दिनअघि सेवाग्राहीबाट रु एक लाख ७० हजार घुस लिँदै गर्दा पक्राउ परेका मधेस प्रदेशअन्तर्गत पर्सास्थित सहरी विकास तथा भवन निर्माण कार्यालयका सवइन्जिनियर रुपेश दुबेविरुद्ध जिल्ला प्रहरी कार्यालयले जिल्ला अदालतमा ठगी तथा आर्थिक लाभ मुद्दा दर्ता गरेको छ। 

उनलाई उक्त अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान थालिएको प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए। 

Hardik ivf

सेवाग्राहीसँग घुस लिइरहेको पूर्वसूचनाको आधारमा बिर्तास्थित वडा प्रहरी कार्यालयको टोलीले दुबेलाई कार्यालयबाट घुस रकमसहित नियन्त्रणमा लिएको थियो।

नियन्त्रणमा लिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौँडा शाखामा  बुझाउनका लागि रायसल्लाह लिँदा उक्त शाखाबाट  प्रहरीबाटै मुद्दा चलाएर अनुसन्धान गर्न सुझाव आएपछि मुद्दा दायर गरी अनुसन्धान अघि बढाइएको हो।

मनवास्थित सवडिभिजन वन कार्यालयको १७ लाखको लागतमा निर्माण भएको भवनको मूल्याङ्कन गरिदिने बहानामा ठेकेदारबाट रकम लिँदै गरेको अवस्थामा दुबे पक्राउ परेका थिए। उनी धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२४ निवासी हुन्।  
 

प्रकाशित मिति: १५:५२ बजे, शुक्रबार, असार २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्