Kathmandu Press

नेता आबेमाथिको आक्रमणकाे विश्व नेताहरूद्वारा निन्दा

टोकियो, असार २४ : जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि शुक्रबार नारा शहरमा चुनावी प्रचारका क्रममा गोली प्रहार गरिएको घटनाप्रति विश्वका नेताहरूले निन्दा गर्दै त्यसलाई...
नेता आबेमाथिको आक्रमणकाे विश्व नेताहरूद्वारा निन्दा

टोकियो, असार २४ : जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि शुक्रबार नारा शहरमा चुनावी प्रचारका क्रममा गोली प्रहार गरिएको घटनाप्रति विश्वका नेताहरूले निन्दा गर्दै त्यसलाई अक्षम्य भनेका छन्। साथै उनीहरूले नेता आबेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। 

उनीहरूले नेता आबेको जीवन रक्षाका निम्ति भगवान्सँग प्रार्थना गरेका छन् भने उनका परिवारजन, आफन्त र जापानी नागरिकहरूप्रति सहानुभूति प्रकट गरेका छन्। आबेको स्वास्थ्यस्थिति जटिल रहेको र उनको उपचार भइरहेको जापानका प्रधानमन्त्री फुमियो किसिदाले बताएका छन्। 

Hardik ivf

आबेलाई पुनर्जीवन दिन गर्नसकिने सबै काम भइरहेको उनले जनाएका छन्। 'यो आक्रमण चुनावको समयमा भएको क्रुर कार्य हो, चुनाव लोकतन्त्रको आधार हो, आक्रमण अक्षम्य छ,' आबेको स्वास्थ्यस्थितिबारे सञ्चारकर्मीहरूलाई जानकारी दिँदै प्रधानमन्त्री फुमियोले भने। 

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, ताइवानका राष्ट्रपति साइ इङ वेन, बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन, अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अलवान्से, सिङ्गापुरका प्रधानमन्त्री ली सिङ लुङ, स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेज, न्युजिल्याण्डका प्रधानमन्त्री ज्याकिन्दा आर्डेर्नले पूर्व प्रधानमन्त्री आबेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। 

यसैगरी, थाइल्याण्डका उपप्रधानमन्त्री डोन प्रमोद्विने, दक्षिण कोरियाका विदेशमन्त्री पार्क जीन, इण्डोनेशियाका विदेशमन्त्री रेण्टो मार्सुदी, फिलिपिन्सका विदेशमन्त्री इनरिक मनालो, अमेरिकाका विदेशमन्त्री एन्थोनी ब्लिङकेन, रूसका विदेशमन्त्री सेर्गेइ लाभारोभ, जापानका लागि अमेरिकाका राजदूत रम इम्यानुएलले पनि उनको स्वास्थ्यमा सुधार होस् भन्ने शुभेच्छा व्यक्त गरेका छन्।

प्रकाशित मिति: १५:२१ बजे, शुक्रबार, असार २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्