Kathmandu Press

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधन 

शुक्रबार बिहान  नारा शहरको सडकमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गरिरहेको बेला आबेमाथि गोली प्रहार भएको थियो।
जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधन 

काठमाडौं, असार २४ : जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधन भएको छ । गोली प्रहारबाट गम्भिर घाइते भएका आबेको उपचारका क्रममा निधन भएको लिबरल डेमोक्रेटिक पार्टीलाई उधृत गर्दै जापानको राष्ट्रिय सञ्चारमाध्यम एनएचकेले उल्लेख गरेको छ। 

शुक्रबार बिहान  नारा शहरको सडकमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गरिरहेको बेला आबेमाथि गोली प्रहार भएको थियो।

गोली लागेपछि भुइँमा लडेका उनलाई तत्कालै नारा युनिभर्सिटीको अस्पताल लगिएको थियो। 

गोली प्रहार गर्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। 

प्रकाशित मिति: १४:५७ बजे, शुक्रबार, असार २४, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्