Kathmandu Press

जापानका पूर्वप्रधानमन्त्री आबेमाथि गोली प्रहार, अवस्था गम्भीर

काठमाडाैं, असार २४ : जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार भएको जापानको राजधानी टोकियोबाट प्राप्त समाचारमा जनाइएको छ।जापानको पश्चिमी सहर नारामा सम्बोधन गरिरहेका...
जापानका पूर्वप्रधानमन्त्री आबेमाथि गोली प्रहार, अवस्था गम्भीर

काठमाडाैं, असार २४ : जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार भएको जापानको राजधानी टोकियोबाट प्राप्त समाचारमा जनाइएको छ।

जापानको पश्चिमी सहर नारामा सम्बोधन गरिरहेका उनलाई शुक्रबार बिहान गोली हानिएको हो। सडकमा आयोजना भएको एक सभालाई सम्बोधन गरिरहेका बेला उनलाई पछाडिबाट गोली प्रहार भएको यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन्।

जापानी टेलिभिजन एनएचकेले दिएको जानकारीमा उनलाई गोली लागेको ठाउँबाट रगत बगिरहेको छ। उनी अहिले बेहोस अवस्थामा रहेको पनि यहाँका मिडियाहरूले जनाएका छन्।

नाराको स्थानीय प्रहरीले उनलाई नजिकैको एक अस्पतालमा कोमामा राखिएको छ। नारा मेडिकल युनिभर्सिटीमा भर्ना गरिएको र उहाँको अवस्था गम्भीर रहेको यहाँका मिडियाले जनाएका छन्।

प्रहरीले गोली प्रहार गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएको जनाएको छ। प्रहरीले गोली प्रहार गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जानकारी दिएको छ। 

प्रकाशित मिति: १२:२० बजे, शुक्रबार, असार २४, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्