Kathmandu Press

स्याङ्जामा सामुदायिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री

स्याङ्जा, असार २४ : स्याङ्जाका ११ सामुदायिक विद्यालयका एक हजार २५९ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । चाइना फाउण्डेशन फर पोभर्टी एलिभेसनको आर्थिक सहयोग...
स्याङ्जामा सामुदायिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री

स्याङ्जा, असार २४ : स्याङ्जाका ११ सामुदायिक विद्यालयका एक हजार २५९ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । 

चाइना फाउण्डेशन फर पोभर्टी एलिभेसनको आर्थिक सहयोग र ग्लोबल को–अपरेशन फर डेभलपमेन्टको समन्वय तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सरस्वती अर्याल तिवारीको पहलमा वालिङ नगरपालिकाका सामुदायिक  विद्यालयका बालसिकाइ कक्षादेखि ८ कक्षासम्मका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको हो । 

Hardik ivf

फाउण्डेशनले वालिङ नगरपालिकाभित्रका अतिविपन्न समुदायका बालबालिकाको शैक्षिक गुणस्तरमा सहयोग पु¥याउने उद्देश्यसहित स्कुल ब्याग, स्टेशनरी र हाइजिन किट्स वितरण गरेको कार्यक्रम संयोजक सुरेश प्याकुरेलले बताए। 

वालिङ नगरपालिकाभित्रका अतिविपन्न बालबालिका अध्ययन गर्ने सामुदायिक विद्यालय छनोट गरी शैक्षिक सामग्री हस्तान्तरण गरिएको उनले बताए। एघार विद्यालयका बालसिकाइ कक्षादेखि ८ सम्मका छात्र ६७० र छात्रा ५८९ गरी कूल एक हजार २५९ छन्। 

वालिङ–१४ को दाङ्से आधारभूत विद्यालयका २९, हिमशिखर आधारभूत विद्यालयका ६३ र  जनहित माध्यमिक विद्यालयका १३३, वालिङ–११ को टापुभञ्ज्याङ राष्ट्रिय माध्यमिक विद्यालयका १८० र मुटुभञ्ज्याङ आधारभूत विद्यालयका ३१, वडा नं १३ को चिसापानी आधारभूत विद्यालयका ३६, वालिङ–१० को कालिका आधारभूत विद्यालयका ५२, वालिङ–९ को भुम्रे माध्यमिक विद्यालयका २५३, वालिङ–८ को तेजप्रगति आधारभूत विद्यालयका ५७, वालिङ–६ को राष्ट्रिय माध्यमिक विद्यालयका २३८ र वालिङ–५ को महेन्द्र माध्यमिक विद्यालयका १८७ जनालाई शैक्षिक सामग्री वितरण गरिएको उहाँले जानकारी दिए। 

शैक्षिक सामग्री प्राप्त भएसँगै स–साना बालबालिकामा अध्ययन गर्ने बानीको विकास तथा थप ऊर्जा मिल्ने महिला नेतृ तिवारीको भनाइ छ । ‘शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रमलाई एउटा अभियानकैरूपमा विभिन्न सामुदायिक विद्यालयमा सञ्चालन गछौँ,’ उनले भने, ‘यसले आर्थिक अवस्था कमजोर भएकै कारण अध्ययनमा पछाडि परेका बालबालिकालाई केही हदसम्म सहयोग पुग्ने छ।’ सामाजिक क्षेत्रमा काम गर्दै आउनुभएका व्यक्तिको पहलमा चाइना फाउण्डेशनसहितका सङ्घसंस्थाले विद्यालयका बालबालिकालाई स्कुल ब्यागसहितका सामग्री प्राप्त भएको भुम्रे माविका प्रधानाध्यापक तिलकप्रसाद पराजुलीले बताए।  

प्रकाशित मिति: १०:५२ बजे, शुक्रबार, असार २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्