Kathmandu Press

राजस्व सङ्कलनमा कमी

रुपन्देही, असार २४ : जिल्ला ट्राफिक कार्यालय रुपन्देहीको राजस्व असुलीमा कमी आएको छ । कार्यालयले अत्यधिक भार बोक्दै आएका ट्रक चालकलाई कारबाही गरेबापतको राजस्व...
राजस्व सङ्कलनमा कमी

रुपन्देही, असार २४ : जिल्ला ट्राफिक कार्यालय रुपन्देहीको राजस्व असुलीमा कमी आएको छ । कार्यालयले अत्यधिक भार बोक्दै आएका ट्रक चालकलाई कारबाही गरेबापतको राजस्व घट्दो क्रममा छ।

आर्थिक वर्ष २०७८÷७९ को साउनदेखि जेठसम्मको तथ्याङ्क हेर्दा औषतमा प्रत्येक महिना ट्राफिक राजस्व घट्दो देखिएको हो । गत वैशाखको तुलनामा जेठमा रु २२ हजार राजस्व सङ्कलनमा कमी आएको कार्यालयले जनाएको छ । जेठमा कार्यालयले रु ५३ लाख २५ हजार राजस्व सङ्कलन गरेको थियो । गत वैशाखमा रु ५३ लाख ४८ हजार राजस्व सङ्कलन भएको थियो। 

सवारीसाधनका चालकलाई गरिने कारबाहीको सङ्ख्यामा पनि कमी आएको छ । गत चैतमा ६ हजार ७५० चालकलाई कारबाही गरिएको थियो भने वैशाखमा पाँच हजार ४६९ सवारी चालकलाई कारबाही गरिएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ। 

कार्यालयले जेठमा पाँच हजार ४३१ सवारीसाधनका चालकलाई कारबाही गरेको जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक केशव केसीले जानकारी दिनुभयो । ट्राफिक नियम उल्लङ्घन गर्नेमा ट्रक चालक र मोटरसाइकल चालक बढी छन् । चालु आवको जेठ महिनासम्म ५२ हजार ३०७ ट्रक चालक र दुई हजार ९७५ मोटरसाइकल चालक कारबाहीमा परेका थिए। 

प्रकाशित मिति: १०:४८ बजे, शुक्रबार, असार २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्