Kathmandu Press

चार जना मृत अवस्थामा फेला

चार जना मृत अवस्थामा फेला

काठमाडौं, असार २३ : संखुवासभाको पाचँखपन नगरपालिका ७ बस्ने ५० वर्षीय पूर्ण बहादुर परियार सोही ठाउँस्थित बिहीबारे र थापा गाउँबिच तिनधारे खोल्सामा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

टेलर्सबाट लुगा सिलाई घर फर्किने क्रममा तिनधारे खोल्सामा बनाएको साँघुबाट खसेर मृत्यु भएको अवस्थामा उनको शव फेला परेको हो । मोरङ, जहदा गाउँपालिका ३ हात्तीबन्दा नहर टोलस्थित सिंगिया खोलामा हाल नाम, थर नखुलेका ३५ वर्षीय पुरूष बिहीबार मृत अवस्थामा फेला परेका हुन् ।

यस्तै रोल्पाको रोल्पा नगरपालिका ९ होमालिउन र थवाङ गाउँपालिकाको सिमानाको जंगलमा हाल नाम, थर नखुलेका पुरूषको शव सडिगलेको अवस्थामा फेला परेको छ।

रूपन्देहीको बुटवल उपमहानगरपालिका ११ रंगशालास्थित किरातेसोर महिनाचुली अबिसा जेभि क्यामभित्र सोही क्याम्पको रेखदेख गर्ने दाङ घोराही नगरपालिका ५ बस्ने ५२ वर्षीय रमेश डागी बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
 

प्रकाशित मिति: १९:५० बजे, बिहीबार, असार २३, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्