Kathmandu Press

सङ्घीयता कार्यान्वयनमा सातै प्रदेशलाई एकजुट हुन मुख्यमन्त्री राउतको आग्रह

जनकपुरधाम, असार २३ : मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले सङ्घीयता र संविधान कार्यान्वयनका लागि सात वटै प्रदेशलाई एकजुट हुन आग्रह गेका छन। जनकपुरधाममा...
सङ्घीयता कार्यान्वयनमा सातै प्रदेशलाई एकजुट हुन मुख्यमन्त्री राउतको आग्रह

जनकपुरधाम, असार २३ : मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले सङ्घीयता र संविधान कार्यान्वयनका लागि सात वटै प्रदेशलाई एकजुट हुन आग्रह गेका छन। जनकपुरधाममा आयोजित गृहमन्त्री (आन्तरिक मामिला) स्तरीय अन्तरप्रदेश भेलामा उनले संविधानप्रदत्त अधिकारहरुको कार्यान्वयनमा सङ्घीय सरकारले आनाकानी गरिरहेको आरोप लगाए। उनले भने, 'हामी सबै एकजुट भयौँ भने शान्ति सुरक्षालगायतका अधिकारहरु छिट्टै प्राप्त गर्न सक्छौँ।'

आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहको अध्यक्षतामा भएको उद्घाटन सत्रमा मधेश प्रदेशका सभामुख सरोजकुमार यादव, प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्की, बागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णप्रसाद शर्मा खनाल, गण्डकी प्रदेशकाका आन्तरिक मामिलामन्त्री डोबाटे विश्वकर्मा, लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलक शर्मा, सुदुर पश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री डा रणबहादुर रावल, मधेश प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, उद्योग वातावरण तथा वनमन्त्री सत्रुधन महतोसहितले शुभकामना मन्तव्य राखेका थिए।

प्रकाशित मिति: १९:१३ बजे, बिहीबार, असार २३, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्