Kathmandu Press

सङ्खुवासभामा डेङ्गु सङ्क्रमणबाट एकजनाकाे मृत्यु

सङ्खुवासभा, असार २३ : सङ्खुवासभामा डेङ्गुको सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ। डेङ्गुको सङ्क्रमणबाट चैनपुर नगरपालिका–५ की ५६ वर्षीया सीतादेवी न्यौपानेको मृत्यु भएको...
सङ्खुवासभामा डेङ्गु सङ्क्रमणबाट एकजनाकाे मृत्यु

सङ्खुवासभा, असार २३ : सङ्खुवासभामा डेङ्गुको सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ। डेङ्गुको सङ्क्रमणबाट चैनपुर नगरपालिका–५ की ५६ वर्षीया सीतादेवी न्यौपानेको मृत्यु भएको जिल्ला अस्पताल सङ्खुवासभाका सूचना अधिकारी शेखर खत्रीले जानकारी दिए।

अस्पतालका सूचना अधिकारी खत्रीका अनुसार ५६ वर्षीया न्यौपानेको बिहीबार बिहान जिल्ला अस्पताल सङ्खुवासभामा उपचारका क्रममा मृत्यु भएको हो। न्यौपानेलाई उच्च ज्वरो, रुघाखोकीको लक्षण देखिएपछि बुधबार प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा भर्ना गरिएको थियो। प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा उपचार हुन नसकेपछि उहाँलाई थप उपचारका लागि जिल्ला अस्पताल ल्याइएको थियो। जिल्ला अस्पतालमा खाँदबारी ल्याइएपछि परीक्षण गर्दा न्यौपानेलाई डेङ्गु पुष्टि भएको थियो। न्यौपानेलाई डेङ्गुसँगै निमोनिया पनि देखिएको थियो।

जिल्लामा यस वर्ष २२ डेङ्गु सङ्क्रमित भेटिएका छन्। गत वर्ष सङ्खुवासभामा ६९ डेङ्गु सङ्क्रमित भेटिएका थिए। डेङ्गु लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो।

प्रकाशित मिति: १९:०८ बजे, बिहीबार, असार २३, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्