जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
काठमाडौं, असार २३ : १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दुई जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा जाजरकोट भेरी...
काठमाडौं, असार २३ : १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दुई जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा जाजरकोट भेरी नगरपालिका १२ बलगाड बस्ने २३ वर्षीय रमेश भण्डारी र २१ वर्षीय डिल्ली बस्नेत रहेका छन् ।
उनीहरुले ती बालिकालाई आफ्नै ठुलीआमाको घरमा सुतिरहेको अवस्थामा घरमै आई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय राँगेचौरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: १९:०७ बजे, बिहीबार, असार २३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












