Kathmandu Press

बेलायती प्रधानमन्त्री जोनसोन पद त्याग्न सहमत

लण्डन, असार २३ : बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले बिहीबार प्रधानमन्त्री पदबाट राजीनामा दिन सहमति जनाएका छन।उनको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै केही मन्त्री र सहयोगीहरूले...
बेलायती प्रधानमन्त्री जोनसोन पद त्याग्न सहमत

लण्डन, असार २३ : बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले बिहीबार प्रधानमन्त्री पदबाट राजीनामा दिन सहमति जनाएका छन।

उनको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै केही मन्त्री र सहयोगीहरूले राजीनामा दिएपछि उनी पनि राजीनामा दिन सहमत हुनुपरेको हो।

Hardik ivf

उनलाई राजीनामा दिन चौतर्फी दबाब परेको थियो। उनीप्रति असन्तुष्टि जनाउदै उनको मन्त्रीपरिषद्का सदस्य र सल्लाहकार तथा सहयोगीसहित ५० जनाले राजीनामा दिएका थिए। त्यसपछि उनलाई राजीनामा दिन थप दबाब परेको हो।

उनकै कारणले विदेश मन्त्री लिज ट्रसले जी–२० समूहको विदेश मन्त्री स्तरीय बैठकमा सहभागी हुने कार्यक्रम पनि रद्ध गरेका थिए।

विदेश मन्त्री ट्रसलाई कन्जरभेटिभ पार्टीको प्रभावशाली उदियमान र प्रतिस्पर्धी नेताका रूपमा हेरिएको छ। प्रधानमन्त्री जोनसनलाई दबाबमा पार्ने गरी राजीनामा दिएकाहरूले राष्ट्रको हितलाई ध्यान दिँदै आफूहरूले पदबाट राजीनामा दिएको बताएका छन्।

५८ बर्षीय जोनसनले झण्डै तीन बर्ष प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका छन। उनी कन्जरभेटिभ पार्टीका प्रमुख पनि हुन। उनलाई सो पदबाट पनि राजीनामा दिन दबाब परेको छ।

उनले पार्टीको जिम्मेवारीबाट राजीनामा दिएपछि नयाँ नेता छनौट गरिने छ। नयाँ नेता छनौट नहुँदासम्म उनले नै प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नेछन। उनले अक्टोबरसम्म नै जिम्मेवारी सम्हाल्नुपर्ने अवस्था आउने देखिएको छ।

प्रकाशित मिति: १८:२५ बजे, बिहीबार, असार २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्