Kathmandu Press

फौजदारी कार्यविधिसम्बन्धी विधेयक पारित

काठमाडाैं, असार २३ : प्रतिनिधिसभाको बैठकले फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७९ लाई पारित गरेको छ। बिहीबार बसेको बैठकमा...
फौजदारी कार्यविधिसम्बन्धी विधेयक पारित

काठमाडाैं, असार २३ : प्रतिनिधिसभाको बैठकले फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७९ लाई पारित गरेको छ। 

बिहीबार बसेको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले उक्त बिधेयक पारित गरियोस् भनी प्रस्तुत गर्नुभएको प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारित गरेको हो।

Hardik ivf

त्यसअघि बैठकमा सांसदहरुले बिधेयकमाथि राखेका प्रश्नको जवाफ दिदै कानूनमन्त्री कोईरालाले संवेदनशील विषयमा हल्का रुपमा टिप्पणी गर्दा अन्य क्षेत्रमा पनि त्यसले असर पार्ने बताए।

जतिबेला पनि अन्तराष्ट्रिय सम्बन्धमा प्रतिकुल असर पार्न सक्ने गरि राजनीतिकरण गरेर बिषयबस्तु उठाउदा पनि समस्या हुन सक्ने उहाको भनाइ छ।

उनले विधेयमाथिको छलफलमा भाग लिदा जुन विषय हो त्यसमा केन्द्रित रहेर सांसदहरुले भनाई राख्दा उचित हुने बताए।

बैठकमा गृहमन्त्री बालकृष्ण खाणले सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९ लाई पारित गरियोस् भनी प्रस्तुत गरे प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारित गरे  भने यस्तै बैठकले खानेपानी तथा सरसफाइ विधेयक, २०७७ लाई पारित गरेको छ ।

प्रतिनिधिसभाको अर्को बैठक शुक्रबार बोलाइएको छ। 


 

प्रकाशित मिति: १७:२६ बजे, बिहीबार, असार २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्