सानो भर्याङमा स्कुटर दुर्घटना हुँदा एकको मृत्यु
काठमाडाैं, असार २३ : काठमाडौंकाे सानो भर्याङमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा चितवन भरतपुर महानगरपालिका–७ का ३५ वर्षीय अनुज...
काठमाडाैं, असार २३ : काठमाडौंकाे सानो भर्याङमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा चितवन भरतपुर महानगरपालिका–७ का ३५ वर्षीय अनुज लोहनी रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार आज (बिहीबार) बिहान काठमाडौं–१५ स्थित सानोभर्याङमा बा९५प ९७२३ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा त्यसको पछाडि सवार लोहनीको मृत्यु भएके हो।
गम्भीर घाइते भएका लोहनीलाई उपचारका लागि स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा लगिए पनि उपचारकै क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ।
स्कुटर चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १६:५६ बजे, बिहीबार, असार २३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












