मुस्लिम आयोगको वार्षिक प्रतिवेदन संसद्मा पेश

काठमाडौं, असार २३ : प्रतिनिधिसभामा ‘मुस्लिम आयोगको वार्षिक प्रतिवदेन (२०७७ साउन–२०७८ असार)’ पेश भएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट गृहमन्त्री बालकृष्ण खांणले उक्त प्रतिवेदन सदनमा पेश गरेका हुन्।
बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका थिए । पत्रमा अर्थमन्त्री जनार्दन शर्माले आफ्ना पदबाट राजीनामा दिएपछि सो मन्त्रालयको समेत कार्यभार प्रधानमन्त्री देउवालाई तोकिएको व्यहोरा उल्लेख छ।
प्रकाशित मिति: १६:०९ बजे, बिहीबार, असार २३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












