Kathmandu Press

प्रदेश मन्त्रीको छड्के जाँच

कर्णाली, असार २३ : कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री पदमबहादुर रोकायाले यातायात व्यवस्था कार्यालय सुर्खेतमा छड्के जाँच गरेका छन्। उनले आज बिहान...
प्रदेश मन्त्रीको छड्के जाँच

कर्णाली, असार २३ : कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री पदमबहादुर रोकायाले यातायात व्यवस्था कार्यालय सुर्खेतमा छड्के जाँच गरेका छन्। 

उनले आज बिहान १०ः३० बजे कार्यालय समयमा छड्के जाँच गरेका हुन्। त्यतिबेला भने सेवाग्राहीको बाक्लै उपस्थिति थियो । जाँचका क्रममा दुई कर्मचारी आफू खुसी बिदामा बसेको, केही फाँटमा कर्मचारी नभएको र कर्मचारीले सरकारी पोशाक तथा परिचय पत्र नलगाएर आएको पाइएको मन्त्री रोकायाले जानकारी दिए। 

Hardik ivf

यातायातमा पुग्नुभएका मन्त्रीले लाइनमा बसेका सेवाग्राहीसँग परिचय नदिइकनै सेवाको गुणस्तर र भोग्नु परेका समस्याबारे जानकारी लिए । सेवाग्राहीलाई सहज ढङ्गले सेवा प्रदान गर्न कानुनी रुपमा भएका झन्झट, उपलब्ध साधन स्रोतको पहुँच र सेवाग्राहीको चापको विषयमा बुझेपश्चात् उनी कार्यालय प्रमुखको कार्यकक्षमा प्रवेश गरे।  

मन्त्री रोकायाले सेवाग्रहीको समस्याबारे जनाउँदै जनभावना बुझेर सेवा दिन कार्यालय प्रमुखसहित कर्मचारीलाई निर्देशन दिए । सेवा प्रवाहमा कानुनी जटिलता भए प्रदेश सरकार त्यसलाई संशोधन गर्न पनि तयार रहेको जनाउँदै उनले सेवाग्राहीलाई सहज हुने गरी समयमै काम गर्न कर्मचारीलाई निर्देशन दिएका थिए। 

यातायात व्यवस्था कार्यालयका प्रमुख आनन्द चपाईले सेवाग्रहीको चाप अत्यधिक हुने गरेको तर आफूहरुले सकेसम्म छिटोछरितो ढङ्गको सेवा दिने प्रयास गरेको बताए । कार्यालयभित्र दलालहरुलाई प्रवेशमा रोक लगाइएको प्रमुख चपाईले मन्त्री रोकायालाई जानकारी गराएका थिए । मन्त्री रोकायाले टिकाटिप्पणीको अन्त्य हुने गरी काम गर्न कर्मचारीलाई सुझाएका थिए। 

प्रकाशित मिति: १६:०८ बजे, बिहीबार, असार २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्