Kathmandu Press

थप ७८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैं, असार २३ : नेपालमा थप ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।देशभर गरिएको १ हजार ३ सय ८४ पिसिआर परिक्षणका क्रममा ६०...
थप ७८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैं, असार २३ : नेपालमा थप ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशभर गरिएको १ हजार ३ सय ८४ पिसिआर परिक्षणका क्रममा ६० जना र २ हजार १ सय ३१ एन्टीजेन परिक्षणका क्रममा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

कोरोनाका कारण बिहीबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

त्यस्तै थप २३ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ५ सय ९८ जना निको भएका छन्।

हाल नेपालमा ५ सय ८ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ। 

प्रकाशित मिति: १५:५७ बजे, बिहीबार, असार २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्