Kathmandu Press

दक्षिण कोरियामा डुंगामा आगलागी हुँदा ३ घाइते, २ बेपत्ता

दक्षिण कोरियामा डुंगामा आगलागी हुँदा ३ घाइते, २ बेपत्ता

साेल, असार २३ : दक्षिण कोरियाको दक्षिणी रिसोर्ट टापु जेजुमा माछा मार्ने तीनवटा डुंगामा आगलागी हुँदा तीन जना घाइते हुनाका साथै अन्य दुई जना बेपत्ता भएका छन्।

स्थानीय समय अनुसार बिहान १०ः१७ बजे जेजुको हलिम बन्दरगाहमा माछा मार्ने डुङ्गाबाट आगलागी भएको र सँगै छेउमा रहेका अन्य दुईवटा डुङ्गामा फैलिएको योनहापले अग्नि नियन्त्रक अधिकारी र तटरक्षकलाई उद्धृत गर्दै उल्लेख गरेको छ। 

गम्भीररूपमा जलेको अवस्थामा रहेका तीन जनालाई अस्पताल पठाइएको छ।

त्यसैगरी कम्तीमा अन्य दुई जना अझै बेपत्ता छन्। आगो निभाउन र बेपत्ता व्यक्तिहरूको खोजी गर्न तटरक्षक उद्धारकर्ता, गस्ती जहाज र एक हेलिकप्टर परिचालन गरिएको जनाइएको छ। 

प्रकाशित मिति: १५:५४ बजे, बिहीबार, असार २३, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्