Kathmandu Press

सरकारी जग्गा व्यक्तिका नाममा भोगचलन गरेपछि...

काठमाडौं, असार २३ : सार्वजनिक जग्गा व्यक्तिले भोगचलन गरेको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गाधनी र मालपोत तथा नापी कार्यालयका अधिकारीलाई छानबिनका लागि बोलाएको...
सरकारी जग्गा व्यक्तिका नाममा भोगचलन गरेपछि...
फाइल तस्बिर

काठमाडौं, असार २३ : सार्वजनिक जग्गा व्यक्तिले भोगचलन गरेको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गाधनी र मालपोत तथा नापी कार्यालयका अधिकारीलाई छानबिनका लागि बोलाएको छ। 

आयोगले आज एक सूचनामार्फत धनुषाको जनकपुर पिडारीचोकको आठ बिघा बढी सरकारी तथा सार्वजनिक जग्गा भोगचलन गरेको भन्दै दिवविक्रम शाहलगायतलाई सात दिनभित्र आयोगमा सम्पर्क राख्न भनेको छ। आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले सार्वजनिक तथा सरकारी जग्गा भोगचलन गरेको भन्ने उजुरीका आधारमा छानबिनका लागि उनीहरुलाई बोलाइएको जानकारी दिए।

आयोगले दिवविक्रम, विभाकुमारी यादव, राजकिशोर महासेठ, बिमला देवी, विजयकुमार मण्डल, चन्द्रकला कुमारी देवीलगायत २७ जनालाई सात दिनभित्र आयोगको अनुसन्धान महाशाखामा सम्पर्क राख्न आग्रह गरेको छ। विभिन्न कित्ताको ठूलो परिमाणको  सरकारी जग्गा व्यक्तिले भोगचलन गरिरहेको भन्ने उजुरीपछि आयोगले चासो व्यक्त गरेको हो। 

आयोगले मालपोत कार्यालय धनुषाका प्रमुख मालपोत अधिकृत शशीनारायणलाल दास, नापी कार्यालय धनुषाका नापी टोली प्रमुख चौमानसिंह थापा र नापी कार्यालय धनुषाका निरीक्षक सीताराम साहलाई पनि सम्पर्कका लागि बोलाएको छ।

प्रकाशित मिति: १५:३९ बजे, बिहीबार, असार २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्