Kathmandu Press

आजको प्रतिनिधिसभा बैठकबाट नागरिकतासम्बन्धी विधेयक फिर्ता नहुने

काठमाडौं, असार २३ : आजको प्रतिनिधिसभा बैठकबाट नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक फिर्ता नहुने भएको छ।मन्त्रिपरिषद्को मंगलबारको बैठकले सो विधेयक...
आजको प्रतिनिधिसभा बैठकबाट नागरिकतासम्बन्धी विधेयक फिर्ता नहुने

काठमाडौं, असार २३ : आजको प्रतिनिधिसभा बैठकबाट नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक फिर्ता नहुने भएको छ।

मन्त्रिपरिषद्को मंगलबारको बैठकले सो विधेयक फिर्ता लिने निर्णय गरे पनि आजको प्रतिनिधिसभाको बैठकको कार्यसूचीबाट त्यसलाई हटाइएको छ। गृहमन्त्री बालकृष्ण खाणबाट सो विधेयक फिर्ता लिने कार्यसूची थियो।

एमाले अध्यक्ष केपी ओली नेतृत्वको पूर्ववर्ती सरकारले प्रतिनिधिसभामा सो विधेयक दर्ता गरेको थियो। मन्त्रिपरिषदले सो विधेयक फिर्ता गर्ने निर्णय गर्नुअघि त्यसबारे सत्तारूढ पाँच दलीय गठबन्धनमा सहमति भएको थियो।

प्रकाशित मिति: १४:४९ बजे, बिहीबार, असार २३, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्