Kathmandu Press

भैरहवा क्षेत्रका उद्योगले मागेजति बिजुली उपलब्ध गराउन संरचना तयार

काठमाडौं, असार २३ : रुपन्देहीको भैरहवा क्षेत्रको विद्युत् आपूर्तिमा सुधार र प्राविधिक चुहावट नियन्त्रणका लागि बुटवलको योगीकुटीबाट मैनहियासम्मको १३२ केभी डबल सर्किट प्रसारण...
भैरहवा क्षेत्रका उद्योगले मागेजति बिजुली उपलब्ध गराउन संरचना तयार

काठमाडौं, असार २३ : रुपन्देहीको भैरहवा क्षेत्रको विद्युत् आपूर्तिमा सुधार र प्राविधिक चुहावट नियन्त्रणका लागि बुटवलको योगीकुटीबाट मैनहियासम्मको १३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा ल्याइएको छ।

नेपाल विद्युत् प्राधिकरणले बुटवल सबस्टेशनबाट मैनहिया सबस्टेशनसम्मको कूल १८ किलोमिटर बुटवल–लुम्बिनी प्रसारण लाइनमा बुधबारदेखि विद्युत् प्रवाह ९चार्ज० गरी सञ्चालनमा ल्याएको जनाएको छ। प्रसारण लाइन निर्माणसँगै करिब २०० मेगावाट विद्युत् प्रवाह हुनसक्ने गरी पूर्वाधार तयार गरिएको छ।

मैनहियामा १३२÷३३÷११ केभीको सबस्टेशन निर्माण गरिएको छ। सबस्टेशनमा ४५ एमभीए क्षमताका दुईवटा पावर ट्रान्सफर्मर र ३३/११ केभी, १६ एमभिए पावर ट्रान्सफर्मर रहनेछन्।

Hardik ivf

प्रसारण लाइन सञ्चालनमा आएसँगै बुटवल, भैरहवा क्षेत्रको विद्युत् आपूर्तिमा सुधार हुने र उद्योगहरूलाई मागेजति विद्युत् दिन सकिने आयोजनाका प्रमुख हरिप्रसाद पाण्डेले जानकारी दिए।

स्थानीयरूपमा विद्युत् आपूर्तिका लागि मैनहिया सबस्टेशनबाट ३३ केभीका १० वटा फिडर निकालिने छ। त्यसमध्ये चारवटा फिडरको लाइन तानिएको उनले उल्लेख गरे।

कूल १८ किलोमिटर प्रसारण लाइनमा ५७ वटा टावर निर्माण गरिएको छ। बुटवल बजार क्षेत्रमा १३२ केभी प्रसारण लाइनलाई दुई किलोमिटर भूमिगत गरिएको छ।

प्रसारण लाइन आयोजनाको प्रारम्भिक काम आर्थिक वर्ष २०७०/७१ देखि सुरु भएको थियो। मार्ग परिवर्तन, कोभिड–१९ को महामारीलगायत कारणले आयोजना निर्माणमा केही ढिला भएको थियो।

मैनहिया सबस्टेशनबाट भारतको उत्तरप्रदेशसँग विद्युत् प्रवाहका लागि १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण भइरहेको छ। मैनहिया सबस्टेशनबाट भारतको उत्तरप्रदेशस्थित सम्पत्तीया (न्यू नौतनुवा) सबस्टेसन जोड्ने प्रसारण लाइनको निर्माण अन्तिम चरणमा छ।

अहिले उत्तरप्रदेशसँग ३३ केभीको मात्र प्रसारण संरचना रहेकामा मैनहिया–सम्पत्तीयामा संरचना बन्नेपछि नेपाल–भारतबीचको आन्तरदेशीय विद्युत् व्यापारलाई अझ सहज हुने भएको छ।

प्रकाशित मिति: १३:४६ बजे, बिहीबार, असार २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्