पाकिस्तानी र अमेरिकी विदेशमन्त्री फोनवार्ता

इस्लामाबाद, असार २३ : पाकिस्तानी विदेशमन्त्री बिलावल भुट्टो जर्दारी र अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिन्केनबीच फोनमा कुराकानी भएको समाचारमा जनाइएको छ।
प्राप्त समाचारनुसार पाकिस्तानी विदेशमन्त्री जर्दारीले अमेरिकी विदेशमन्त्री ब्लिन्केनलाई बुधबार फोन गर्नुभएको थियो।
पाकिस्तानको विदेश मन्त्रालयले विज्ञप्ति प्रकाशन गरेर दिएको जानकारीअनुसार सो फोनवार्ताका क्रममा दुई देशबीचको आपसी सम्बन्धका विविध आयामहरुका साथै अन्य विषयहरुमा पनि कुराकानी भएको थियो।
दुई देशका बीचमा विगत लामो समयदेखि सुमधुर सम्बन्ध रहेको भन्दै फोनवार्ताका क्रममा पाकिस्तानी विदेशमन्त्रीले आगामी दिनहरुमा दुई देशका बीचमा उच्चस्तरीय भ्रमणहरुको आदान प्रदान हुनुपर्नेमा जोड दिएका थिए।
सो अवसरमा व्यापारिक साझेदारीका साथै लगानीका विभिन्न आयोजनाहरुका बारेमा पनि कुराकानी भएको बताइएको छ।
समाचारमा जनाइएअनुसार पाकिस्तान विदेशमन्त्री जर्दारीले पाकिस्तानमा रहेको ठूलो बजारमा अमेरिकाले लगानी गरोस् भनी आग्रह पनि गर्नुभएको सो विज्ञप्तिमा जनाइएको छ।
उनीहरुका बीचमा जलवायु परिवर्तन, स्वास्थ्य, सुरक्षा आदि विषयमा समय समयमा आपसमा छलफल हुनुपर्नेमा जोड दिइएको थियो।
पाकिस्तानमा लगानी बढाउन सो अवसरमा पाकिस्तानी विदेशमन्त्री जर्दारीले अमेरिकी विदेशमन्त्री ब्लिन्केनलाई आग्रह पनि गरेको समाचरमा जनाइएको छ।












