Kathmandu Press

स्कुटर र मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं, असार २३ : काठमाडौंको सानोभर्‍याङ र शंखरापुरमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।आज बिहान सानोभर्‍याङमा बा ९५ प ९७२३ नम्बरको...
स्कुटर र मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं, असार २३ : काठमाडौंको सानोभर्‍याङ र शंखरापुरमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।

आज बिहान सानोभर्‍याङमा बा ९५ प ९७२३ नम्बरको स्कुटर अनियन्त्रित भई सडक डिभाइडरमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनामा स्कुटरको पछाडि सवार चितवनका अर्जुन लोहनीको मृत्यु भएको छ।

Hardik ivf

त्यस्तै, शंखरापुर नगरपालिका–९ खुलालटारमा बा ५८ प ६५५० नम्बरको मोटरसाइकल दुर्घटना भएको हो। दुर्घटनामा मोटरसाइकल चालक ४५ वर्षीय दीपक केसीको मृत्यु भएको प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति: ०८:२१ बजे, बिहीबार, असार २३, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्